Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आश्रमका बालबालिकासँग लायन्स र लियोको बर्थडे सेलिब्रेशन

2021 Jan 11 12:41 PM 31

विज्ञापन

Birat Cancer Hospital
आश्रमका बालबालिकासँग लायन्स र लियोको बर्थडे सेलिब्रेशन
काठमाडौं । लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स, ग्लोबल फ्रेन्ड्स, सोसियल फ्रेन्ड्स र लियो फ्रेन्ड्सले संयुक्त रुपमा हङ्गर रिलिफ र मेल्भिन जोन्स डे सिलेब्रेशन कार्यक्रम सम्पन्न गरेको छ । ग्लोवल फ्रेन्ड्सका संस्थापक अध्यक्ष लायन सितल सर्मा, द्वितीय उपाध्यक्ष लायन इपक मल्ल र लियो फ्रेन्डसका सदस्य लियो विकास श्रेष्ठको जन्मदिनको शुभअवसरमा गौरिघाट स्थित प्रणवानन्द आश्रममा बालबालिकालाई दिवा भोजन र विविध खाद्यान्न सामग्री हस्तान्तरण गर्दै सो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा अतिथिको रुपमा डिष्ट्रीक डिपार्टमेन्ट चिफ लायन प्रकाश रायामाझि र लियो डिष्ट्रीक ३२५ बी २ बाट लियो विक्रम आयान पुरी (एरिया कोर्डिनेटर), लियो अस्मिता लामिछाने (रिजन चेयरपर्शन), लियो मातृका कोइराला (स्किल एन्ड बिजनेश कमिटि कोर्डिनेटर) र लियो सन्जय विक्रम अधिकारी (डिष्ट्रीक कोर्डिनेटर) समेतको प्रतिनिधित्व रहेको थियो । ग्लोवल फ्रेन्ड्सका संस्थापक अध्यक्ष लायन सितल शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा शिक्षा र भोजनका लागी नगद समेत हस्तान्तरण गरेका थिए । उनले आफ्नो जन्मदिनमा बालबालिकाको उज्वल भविष्यको लागी सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । 137634218_1812358858918794_7721587227549315824_n मेल्भिन जोन्स डे को विशेष सम्झनासहित सम्पन्न भएको उक्त कार्यक्रममा तीन वटै लायन्स क्लव र लियो क्लवको तर्फबाट उपस्थिति रहेको थियो । कार्यक्रममा मेल्भिन जोन्स डे को विषेश सम्झनामा फोटोमा माला लगाई विशेष दिनको सम्झना गरिएको थियो । मेल्भिनको संकल्पले गर्दा आज विश्वभरी लायनवादको जागरण फैलिएको छ । २०० भन्दा बढी मुलुकमा फैलिएको लायन्स क्लवले कम भाग्यशाली व्यक्तिलाई विशेष सहयोग गरी अगाडी बढाउने काममा प्रसिद्वि कमाएको कुरा लायन प्रकाश रायामाझिले बताए। युनाइटेड फ्रेन्डसले मातृत्व गरेको क्लवले सबैसँग सहकार्य गरेर सामाजिक सेवा गर्नु सार्थक र महत्वपूर्ण कदम भएको हुँदा सबै एक जुट भएर अगाडी बड्नका लागी युनाइटेड फ्रेन्ड्सका अध्यक्ष लायन दिपक थापाले आग्रह गरे । त्यसैगरी सोसियल फ्रेन्डसका संस्थापक अध्यक्ष लायन भुषण कुमार श्रेष्ठले सामाजिक सेवा हरेक सचेत नागरिकको कर्तव्य भएको दृष्टिकोण राखे। लियो फ्रेन्ड्स्का संस्थापक अध्यक्ष लियो स्मृति कुँवरले हरेक व्यक्तिले आफ्नो जन्मदिनमा यस्तो पवित्र कार्यमा खर्च गर्नु आफैमा महत्वपूर्ण भएको साथै यस्लाई संस्कारकै रुपमा अगाडी बढाउन आवश्यक रहेको बताइन । कार्यक्रममा लायन इपक मल्ल, पवन पराजुली, वेदनाथ ढकाल, अशोक कार्की, सम्शेर कार्की, दृष्टान्त कार्की, चन्द्र श्रेष्ठ, दिपिका सिलवाल, अर्चना काफ्ले, लियो गार्गी अधिकारी, अर्जुन समशेर कुँवर, उषा भण्डारी, कलाकार उमेश कार्की सामाजिक अभियन्ता शैलेश दाहाल र छोरीका लागी छोरी अभियानकी अभियन्ता सरिता अधिकारी लगाएत अन्य महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न