Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुनेहरुको संघर्ष समिति गठन

2021 Jan 11 1:49 PM 30

विज्ञापन

Birat Cancer Hospital
विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुनेहरुको संघर्ष समिति गठन
विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १ सय २६ विग्घा जमिन अधिग्रहण गर्दा पर्ने घर, घडेरी र जमिनवालहरुको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्नका लागि सोमबार १५ सदस्यीय संघर्ष समिति गठन गरेका छन । विराटनगर महानगरपालिकाको ४ मा रहेको विमानस्थलको चारै तिर विस्तार हुदा वडा नम्बर ४ का करिब ३ सय घर परिवार विस्थापित हुनेछन् । हालै विमानस्थलले विस्तारित विमानस्थलको बाउण्ड्री सर्भे सम्पन्न गरेको छ । विस्थापित हुने वडावासीलाई उचित मुआब्जा र क्षतिपूर्ति दिलाउनका लागि वेदराज पौडेलको संयोजकत्वमा विराटनगर विमानस्थल पिडित संघर्ष समिति गठन गरिएको छ । जसमा विनोद भण्डारी, रेवतबहादुर खड्का सन्तोष, उद्धव कार्की लगायत १५ सदस्यीय संघर्ष समिति गठन भएको हो । संघर्ष समितिका संयोजक वेदराज पौडेलले विमानस्थलको वरिपरि घर निर्माण गरेर बर्षाैदेखी बसोबास गर्दै आएका सर्बसाधरणले घरबार बिहिन बन्नु पूर्व नै राज्यले उचित क्षतिपूर्ति देओस र उनीहरु अहिले बसोबास गरेजतिकै स्थानमा जमिन किनेर घर बनाएर बस्न सकुन भन्ने उद्येश्यले क्षतिपूर्तिको पहलका लागि संघर्ष समिति गठन गर्नु परेको बताए । विमानस्थल क्षेत्रीय र अन्तराष्ट्रिय स्तरकै बन्नु पर्छ भन्ने आफुहरुको पहल हुने र विमानस्थल विस्तारमा कुनै अवरोध गर्ने नभइ संघर्ष समितिले राज्यबाट पाउने क्षतिपूर्ति न्यायसंगत व्याबहारिक हुनुपर्ने बिषयमा पहल गर्ने पौडेलले बताए । विमानस्थल कहिले सम्म मुआब्जा दिएर घर जमिन खालीगर्नु पर्ने हो त्यसको मिति स्पष्ट गर्नु पर्ने, क्षतिपूर्तिका आधारहरु स्पष्ट पार्नु पर्ने, आधा घर र आधा जमिन मात्रै परेकाको हकमा कस्तो क्षतिपूर्ति दिने भन्ने लगायतका विषयमा पहल गर्ने उनले प्रष्ट्याए । पौडेलले राज्यले दिने क्षतिपूर्तिले अहिले बसिरहेको थातथलो भन्दा पनि सुगममा जमिन किनेर घर बनाउने सक्ने हैसियत हुनेगरि ब्यवस्था गरिनु पर्ने माग गरे । क्षेत्रीय र पछि अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण गर्ने लक्ष रहेको विमान स्थलको चारै तिर यो पटक १२६ दशमलव ४६ विगा जमिन अधिग्रहणका लागि सर्भे सम्पन्न भइसकेको छ । विमानस्थल क्षेत्रीय स्तरको हुदा मोरङ जिल्लाको विराटनगर महानगरपालिका ४ र सुनसरीको बर्जु गाउपालिका सम्म विस्तार हुने छ । क्षेत्रीय स्तरको निर्माण सम्पन्न हुदा नेपालको दुई जिल्ला छुने यो एकमात्र विमानस्थल बन्ने छ । यस अघि कार्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्रीपरिषदले गरेको थियो । विस्तार हुदा विमानस्थलको धावनमार्गको लम्बाइ दुई हजार ५०० सय मिटर लामो हुने छ । हालको धावनमार्ग एक हजार ५०० मिटरको छ । साबिक विमानस्थललाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने एकिन गरिएको छ । त्यहि अनरुप अहिले बाउण्ड्री सर्भे गर्ने काम सकिएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न