Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हिमालयन मोटरल्यान्ड र नेपाल ल्युब आयल लिमिटेड बीच भयो यस्तो सम्झौता

2021 Jan 26 2:19 PM 13

विज्ञापन

Birat Cancer Hospital
हिमालयन मोटरल्यान्ड र नेपाल ल्युब आयल लिमिटेड बीच भयो यस्तो सम्झौता
काठमाडौ । मोटर स्पोट्र्स विकासका लागि हिमालयन मोटरल्यान्ड र नेपाल ल्युब आयल बीचमा सम्झौता भएको छ। मोटर स्पोट्र्स विकासका लागि अनवरत रुपमा अग्रसर धुलिखेलस्थित हिमालयन मोटरल्यान्डलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउनका लागि संस्थापक सदस्यका रुपमा सीजी होल्डिङ्स अन्तर्गतको नेपाल ल्युब आयल लिमिटेडसँग आज एक कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । कार्यक्रममा नेपाल आयल ल्युबका तर्फबाट सीजी होल्डिङ्सका कार्यकारी निर्देशक समेत रहेका करण चौधरी र हिमालयन मोटरल्यान्ड सर्किटका तर्फबाट अध्यक्ष अनिल बराल, प्रवन्ध निर्देशक दिप्रश शाक्य एवम् प्रमुख सल्लाहकारहरु आशिष लामिछाने र मधुसूदन सिग्देलको उपस्थिति रहेको थियो । त्यसै गरी नेपाल ल्युब आयलका मार्केटिङ तथा ब्रान्ड म्यानेजर रुपेश वाग्ले र समिप तिमिल्सिनाको समेत उपस्थिति रहेको थियो । नेपाल ल्युब आयल लिमिटेडले नेपालभर गल्फ लुब्रिकेन्टको बिक्री–वितरण गर्दै आइरहेको छ ।उक्त कम्पनिले मोटर स्पोट्र्स विकासका लागि सम्झौता गरेको कुरा जानकारी दिएका छ । करण चौधरीका अनुसार देशमा रहेका मोटर स्पोट्र्स क्षेत्रका खेलाडीहरुको लागि सधै सकारात्मक पहल गरि देशको नाम उच्च राख्न र नेपाललाई विश्व सामू चिनाउन निरन्तर पहल र आवश्यक सहयोग गर्ने धारणा व्यक्त गरेका छ्न् । मोटरल्यान्डका अध्यक्ष अनिल बरालले मोटर स्पोट्र्सको विकासमा चौधरीग्रुपको सहयोगको सधै उच्च मुल्यांकन हुनेमा आफू विश्वस्त रहेको बताए ।नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराईले गल्फ लुब्रिकेन्ट अन्तर्राष्ट्रिय स्तरको लुव्रिकेन्ट रहेको र अन्तर्राष्ट्रिय स्तरमा मोटर स्पोट्र्सका हरेक प्रकारका खेलको विकासमा अग्रपंक्तिमा रहेकोमा नेपालमा पनि साथ सहयोग गरि सधै अघि बढ्न पाएकोमा गर्व महसुस भएको बताए । कार्यक्रममा गल्फ लुव्रिकेन्टकै तर्फबाट सह महाप्रवन्धक दिवाकर मिश्रले नेपाल ल्युब आयललाई समस्त मोटर स्पोट्र्सको विकासका लागि कर्पाेरेट मेम्बर वन्ने अवसर प्रदान गरेकोमा हिमालयन मोटरल्यान्ड सर्किटप्रति कृतज्ञता व्यक्त गरेका थिए । सर्किटका प्रमुख सल्लाहाकरद्वय यदुराज लामिछाने ूआशिष ूर मधुसुधन सिग्देल विगत लामो समय देखि मोटर स्पोट्र्सको विकासमा समर्पित भएका महत्वपूर्ण व्यक्तित्वहरु हुन् ।त्यसै गरी हिमालयन मोटरल्यान्डका प्रवन्ध निर्देशक दिप्रश शाक्य अग्रगामी सोच भएका जुझारु युवा हुन् ।उनका अनुसार आगामी दिनमा हुने मोटर स्पोट्र्सको राष्ट्रिय खेलहरुको स्तर अन्तर्राष्ट्रिय स्तरको बनाउन मोटर स्पोर्टस एकेडेमीको समेत शुरुवात निकट भविष्यमा हुनेछ । यस अघि नै अल्टिमेट हिमालयन मोटरल्यान्डले उक्त सर्किटमा हुने सन् २०२१ को लागि राष्ट्रिय खेल पनि सार्वजनिक गरिसकेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो