Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्राज्ञिक विद्यार्थी परिषद्को दोस्रो सगरमाथा प्रदेश अधिवेशन सम्पन्न

2021 Jan 31 3:10 PM 21

विज्ञापन

Birat Cancer Hospital
प्राज्ञिक विद्यार्थी परिषद्को दोस्रो सगरमाथा प्रदेश अधिवेशन सम्पन्न
सुनसरी । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशकोे दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएकोे छ । सुनसरीको इटहरीमा शुक्रबारबाट शुरु भएको अधिवेशन शनिवार सम्पन्न भएको हो । अधिवेशनमा परिषद्को बिचार र लक्ष्य, २५ वर्ष पुगेको उपलक्ष्यमा परिषद्ले प्राप्त गरेका उपलब्धि, राष्ट्र निर्माणमा युवाको भूमिका लगायत विषयमा चर्चा गरिएको छ । यसैगरी समसामयीक विषयको प्रस्ताव प्रस्तुत गरि सहभागिबाट सुझाव संकलन गरेर पारित गरेको छ । यस्तै क्याम्पस कार्य एवं रचनात्मक गतिविधि, देशको वर्तमान अवस्था साथै परिषद्को आगामी गतिविधि एवं योजना तयार गर्दै सगरमाथा प्रदेशको नयाँ कार्याकारिणी घोषणा गर्दै दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको परिषद्का प्रदेश मिडिया प्रमुख मोहन ढकालले जानकारी दिए । उद्घाटन सत्रमा परिषद्का सगरमाथा प्रदेश अध्यक्ष चिन्तामणी बस्नेत, उपाध्यक्ष प्रेम कार्की, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सह–संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय सचिव जिवन निरौला, लुम्बिनी प्रदेश संगठन सचिव बाबुराम मरासिनी, सगरमाथा प्रदेश संगठन सचिव राधेश्याम सेन्चुरी, अखिल भारतीय विद्यार्थी परिषद् पटनाका राष्ट्रिय सह–संगठन मन्त्रीश्री निवास, पुर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. विजु कुमार थपलिया, कस्तुरी कलेज इटहरीका प्राचार्य प्रेम प्रसाद न्यौपाने, मोडेल प्रिपेटोरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्ता थापा,पूर्व कर्मचारी संघ सुनसरी जिल्लाका अध्यक्ष होम बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो । अधिवेशन अवधिमा विभिन्न क्षेत्रका व्यक्तिहरुले विभिन्न विषयमा जानकारी गराएका थिए । अधिवेशनमा सगरमाथा प्रदेशबाट १ सय बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?