Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

2021 Apr 13 9:46 AM 22

विज्ञापन

Birat Cancer Hospital
मछिन्द्रलाई हराउँदै पन्जाव सेमिफाइनलमा

अप्सरा कट्वाल, विराटनगर / विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २-० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।img_6829

जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन र संकटा ब्याइज स्पोटिङ्ग क्बल काठमाण्डौं बिच प्रतिस्पर्धा हुनेछ । खेलको सुरू भएको ३९ औं मिनेटमा पंजावका राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । जगदिप सिंहले दिएको क्रस पासलाई राजवीरले वानटचमै गोल गरे । आक्रमक भएर मैदान उत्रिएको मछिन्द्रले पंजावलाई दबावमा राखेपनि पहिलो हाफसम्ममा गोल गर्न सकेनन् । मछिन्द्रले पाएको गोल गर्ने थुप्रै अवसर खेर गयो । खेलको २० औं मिनेटमा मछिन्द्रका उमेश राईले पेलेन्टी एरियादेखि वान भर्सेस वानको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए । खेलको २२ औं मिनेटमा पंजावका राजवीर सिंहले पेलान्टी ऐरियामा पाएको बललाई टच गर्न नसक्दा थप गोल गर्नबाट चुक्यो । ३१ औं मिनेटमा पंजावका तरन्जित सिंहले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरियो । दोस्रो हाफदेखि आक्रमक भएको पंजावले खेलको ८३ औं मिनेटमा महावीर सिंहले गोल दोब्बर बनाए । सरबजीत सिंहले निकालिएको प्रिकिकलाई उनले वान टचमै पोष्टको दिशा दिएका थिए । त्यही गोल निर्णायक सावित भयो । खेलको ५४ औं मिनेटमा मछिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको प हार बाहिरीदा गोल फर्काउने अवसरबाट मछिन्द्र बन्चित भएको थियो । ५९ औं मिनेटमा पन्जावका राजवीर सिंहले पेनाल्टीबक्सबाट गरेको प्रहार बाहिरीएको थियो । खेलको म्यान अफ द म्याच जगदिप सिंह घोषित भए । सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ ।

पन्जावका प्रशिक्षक हर्नेक सिंहले लिग विजेता टिमलाई हराउन पाउँदा खुसी लागेको र त्यसको सबै श्रेय खेलाडीले पाउने प्रतिक्रिया दिए । केही खेलाडी घाइते भएको बताउँदै उनले सेमिफाइनलमा रिकभर गर्ने चुनौती आएको उल्लेख गरे ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले नेशनल लिगका कारण सबै खेलाडी उपस्थित नहुँदा सफलता हात नपारेको बताए । उनले यही प्रदर्शनलाई पनि सन्तोषजनक बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?