Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित–पछिल्लो २४ घन्टामा मात्रै ७२११ संक्रमित थप

2021 May 2 10:25 PM 20

विज्ञापन

Birat Cancer Hospital
नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित–पछिल्लो २४ घन्टामा मात्रै ७२११ संक्रमित थप

बिराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ हजार २ सय ११ जना भन्दा बढी नयाँ संक्रमित थप भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा देशभर १६ हजार १४७ जनाको आरटी–पीसीआर गर्दा ७ हजार १३७ जना र ६२३ जनाको एन्टिजेट परीक्षण गर्दा ७४ जना गरी कुल ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ४८ हजार ७११ जना आइसोलेसन र ६७ जना क्वारेन्टिनमा छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?