Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनहुँ बृद्धि, १२ सय थपिए, स्थिती भयाबह

2021 May 19 9:54 PM 21

विज्ञापन

Birat Cancer Hospital
प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनहुँ बृद्धि, १२ सय थपिए, स्थिती भयाबह

प्रिन्स सन्तोष शाहा, बिराटनगर । आज प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ९८ जना कोरोना संक्रमित पुष्टि भएसँगै दैनिक रुपमा संक्रमितको संख्या बढ्रदै गएको हो । हिजो यस अघि मंगरबार १ हजार २ सय ०६ जनामा संक्रमित पुष्टि भएको थियो । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ सय २४ जना संक्रमणमुक्त छन् ।

प्रदेश १ को जिल्ला अनुसार मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ बिराटनगरले जनाएको छ ।

मोरङको विराटनगरमा १६४ महिला र १९१ पुरुष सहित ३५५, सुन्दरहरैचामा ४१, पथरीशनिश्चरेमा ३०, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरीमा ६, लेटाङ र बेलबारीमा ५, सुनबर्षी, धनपालथान र मिक्लाजुङमा ३–३, ग्रामथान, जहदा, रंगेली र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ९२, मेचीनगरमा ६५, विर्तामोडमा ४६, भद्रपुरमा ३५, अर्जुनधारामा २६, बुद्धशान्तिमा २०, कनकाईमा १७, शिवसताक्षीमा ८, बा¥हदशीमा ६, गौरीगञ्जमा ५, कचनकवल र कमल गाउँपालिकामा ४–४, गौरादहमा २, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ६, सुनसरीको इटहरीमा ६६, धरानमा ५७, दुहवीमा १५, बराहक्षेत्र र रामधुनीमा ६–६, देवानगञ्ज र इनरुवामा ५–५, बर्जुमा ४, गढी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरि धनकुटाको छथरमा २६, चौवीसेमा २२, महालक्ष्मीमा १९, धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ५, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फुङलिङमा ६०, मेरिङदेनमा ९, पाथिभरा याङवरक, मिक्वाखोला, फक्ताङलुङ, श्रीजंगा र सिदिङ्वामा १ र स्थानीय तह नखुलेका ९, खोटाङको रावावेशीमा १५, जन्तेढुङ्गामा १३ र स्थानीय तह नखुलेका १, पाँचथरको मिक्लाजुङमा १५ र कुम्वायकमा १, संखुवासभाको पाँचखपनमा ८, खाँदबारीमा ५ र धर्मदेवीमा १, इलामको सुर्योदयमा ५, मांसेवुङमा ४, इलाम नगरपालिकामा २ र रोङमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, टेम्केमैयुङमा १ र स्थानीय तह नखुलेका ४, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको लालीगुराँसमा १, ओखलढुङ्गामा, र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४७ हजार ८६८ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ५७३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ५९० पुगेको छ । प्रदेश १ मा आज २ हजार ७५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २१ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ७०५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?