Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्वर्ण जितेकी चिनियाँ खेलाडीको तस्बिरले तरंग

2021 Jul 26 9:48 AM 23

विज्ञापन

Birat Cancer Hospital
स्वर्ण जितेकी चिनियाँ खेलाडीको तस्बिरले तरंग
एजेन्सी  बेइजिङ /  चिनियाँ खेलाडी होउ झिहुईले शनिबार टोकियो ओलम्पिकमा भारोत्तोलनतर्फ  ४९ किलोग्राम तर्फको प्रतिष्पर्धामा स्वर्ण पदक जितिन् । बेलायती समाचार संस्था रोयटर्सले छापेको होउको तस्बिरले चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्तामाझ मात्र होइन सरकारी अधिकारीहरूमा पनि तरंग ल्याएको छ, आक्रोशित बनाएको छ। २४ वर्षीय होउजस्तै अरू चिनियाँ खेलाडीले पनि जारी ओलम्पिकमा स्वर्ण जितेका छन् । सोमबार बिहानसम्म ६ स्वर्णसहित चीन पदक तालिकाको शीर्ष स्थानमा छ।  तर अहिले चीनमा चर्चा पदकको भन्दा पनि होउको एउटा तस्बिरको भइरहेको छ।  चीनको सामाजिक सञ्जाल वेइबोका प्रयोगकर्ताले पनि उक्त तस्बिर प्रयोग गरेकोमा रोयटर्सप्रति आक्रोश पोखेका छन्। यसबारे ग्लोबल टाइम्सले पनि समाचार प्रकाशित गरेको छ। चिनियाँहरू पश्चिमा मिडियाप्रति आक्रोशित भएको अर्को पनि घटना छ। टोकियो ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेपछि अमेरिकी टेलिभिजन सिएनएनले समाचार लेखेको थियो। जसको शीर्षक थियो- चीनलाई स्वर्ण पदक…. र थप कोरोना संक्रमण . चिनियाँहरूले  सिएनएनले राखेको उक्त शीर्षकको पनि चर्को विरोध गरेका  थिए। सिएनएनले नियतवश दुई फरक घटनालाई शीर्षकमा राखेको थियो जुन आवश्यक नै थिएन भन्ने उनीहरूको तर्क थियो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?