Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

क्लासिकटेक तालाबन्दीबारे प्रकाशित समाचारप्रती ध्यानाकर्षण : यस्तो छ वास्तविकता

2021 Aug 31 11:06 AM 21

विज्ञापन

Birat Cancer Hospital
क्लासिकटेक तालाबन्दीबारे प्रकाशित समाचारप्रती ध्यानाकर्षण : यस्तो छ वास्तविकता
अंकित विष्ट/ विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा (सेवाग्राहीद्वारा तालाबन्दी ) शिर्षकमा बिभिन्न् मिडियामा प्रकाशित समचार प्रती क्लासिक टेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक पक्षिय तथा केही ब्यत्तिगत स्वार्थ बोकेका ब्यत्तिहरुको उक्साहटमा केही सञ्चार माध्यमहरुमा क्लासिकटेकलाइ बद्नाम गराउने उद्धेश्यका साथ भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेको प्रति संस्थाको गम्भिर आपत्ती रहेको बिज्ञपतिमा जनाईएको छ । क्लासिकटेकले भनेको छ “यस्ता भ्रमपुर्ण र अतिरञ्जित समाचार प्रकाशन र प्रसारण गरिनुअघि सम्बन्धित संस्था र ब्यत्तिलाई बुझनुपर्ने पत्रकारिताको सामान्य धर्म समेत निर्बाह गर्न नसक्ने र स्वार्थ पुर्तिका लागि अर्नगल प्रचार गर्ने ब्यत्ति र सञ्चारमाध्यायमप्रति खेद प्रकट गर्दछौँ । र यस्तो भ्रामक समाचार आगामी दिनमा प्रकाशन र प्रसारण नगर्न समेत सम्बन्धित पक्षसँग आग्रह समेत गरेको छ ।” कोरोना भाईररस (कोभिड १९०)को महामारीमा विश्व आक्रान्त बनेको यस्तो चुनौतिपूर्ण घडिमा हरेक नेपालीको अपरिहार्य आवश्यकता बनेको इन्टरनेट सेवाप्रवाह गर्न क्लासिक टेकले पनि बिशेष सावधानी अपनाउँदै सेवा प्रवाह गरिरहेको छ । यस्तो अवस्थामा सपोर्ट टास्क फोर्सले बैंक र अस्पताल लगायतका कर्पोरेटहरुमा सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्दै आइरहेको क्लासिक टेकको नेशनल मेनेजर भुपाल सिंह कार्कीले बताए । उनले ग्राहकले चलाउदै आएको राउटर ४ बर्ष भएको तथा राउटरको वारेन्टी समय सकिएकोले नयाँ डिभाइस ग्रहकले खरिद गर्ने सन्दर्भमा उब्जेका सामान्य बिषयलाइ अतिरन्जित गर्दै एक पक्षिय समचार प्रकाशन प्रती दुख्ख व्यक्त गरेका छन् । हाल उक्त ग्राहकको समस्या समाधान भैसकेको बताउदै संस्थालाइ बदनाम गराउन केही गिरोह सकृय रहेको बताए । कार्कीका अनुसार ‘हाम्रा ग्राहकहरुले टिकटक चलाउन पहिले पनि कुनै समस्या थिएन् र अहिलेपनि कुनै समस्या छैन्, यसको लागि हाम्रो प्राविधिक टिम २४ सै घण्टा खटिएको छ । हामी हाम्रा सेवाग्राहीहरुलाई ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न अनुरोध गर्दछौं,’ । उनले आफ्नो इन्टरनेट सेवा बारेमा कुनै गुनासो वा समस्या भएमा तत्काल सम्पर्क गर्न सकिने र समस्याको समाधान गरिने समेत जनाएका छन् । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले बिगत ११ बर्ष देखि विश्वकै उत्कृष्ट प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । संचारमाध्यम ‘ब्लक’ गरिएको छैन : क्लासिकटेक समचार प्रकाशन पश्चात क्लासिकटेकले सञ्चारमाध्यम ‘ब्लक’ गरेको बिषयमा सम्पर्क गर्दा क्लासिक टेकका डिजीएम पब्लिक रिलेशन अफिसर सुशील सिंह थापा संग सम्पर्क गर्दा सो बिषयमा कुनै पनि सत्यता नरहेको बताएका छन् । उनका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्लासिकटेक सधै प्रतिबध्द रहेको बताए । उनले भने हामिले यो साइट चल्न दिने या नदिने भन्ने हुँदैन सरकारले बन्धेज गरेका बाहेक सबै वेभसाइट निर्वाह रूपमा संचालन गर्नु हाम्रो दायित्व हो । उनले थपे तपाइ बल्क गरिएका वेभसाइटहरू चलएर त हेर्नुहोस् थाहा भै हाल्छनी । उनले सस्तो लोकप्रियताका लागी केही मिडियाहरूले ‘ब्लक’ भनि अफवाह फैलाएको जिकिर गरेका छन् । उनिहरूलाइ समचार प्रकाशन पश्चात संयाेगबस वेभसाइट नखुल्दा सो भ्रम परेको हुन सक्छ, वेभसाइट नखुलेकाे कुरा हामी समक्ष पनि आएको छ के  समस्या रहेछ हामीले हाम्राे टेक्निकल टिमलाइ जानकारी गराइसकेका छाै । याे हाम्राे क्लासिकटेक या त उहिनहरूको अरू कुनै टेक्निकल समस्या पनि त हुन सक्छ ।  हामीले सरकारको परिपत्र बिना कुनै पनि वेभसाइट ब्लक गर्न मिल्दै मिल्दैन । letter      

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?