Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राष्ट्रिय सौन्दर्यकर्मी यूनिय नेपाल प्रदेश १ महासचिवमा डाँगी निर्वाचित

2021 Sep 1 1:40 PM 23

विज्ञापन

Birat Cancer Hospital
राष्ट्रिय सौन्दर्यकर्मी यूनिय नेपाल प्रदेश १  महासचिवमा डाँगी निर्वाचित
विराटनगर  । राष्ट्रिय सौन्दर्यकर्मी यूनिय नेपाल प्रदेश १ को नयाँ नेतृत्व चयनको लागि मंगलबार दोस्रो अधिवेशन सम्पन्न भएको छ । कोभिड १९ को कारण भर्चुयल माध्यमबाट हुन लागेको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । चार सय भन्दा बढी ब्यूटिसियन आवद्ध भएको उक्त यूनियनको सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको हो । यूनियनको अध्यक्षमा वर्तमान अध्यक्ष रहेकी आशाकुमारी लिम्बु माबोले पुनः दोहोरेकी हुन । यस्तै सौन्दर्यकर्मी यूनियन प्रदेशको महासचिवमा कला डाँगी सर्वसम्मत निर्वाचित भएकी हुन  । लामो समयदेखि सौन्दर्यकर्मीमा आवद्ध भएर ब्यूटिसियनहरूको हकहितमा काम गरेको कारणले डाँगी सर्वसम्मत रूपमा महासचिवमा चयन हुने सम्भावना बढी रहेको स्रोतले जानकारी दिएको छ । यसअघि सौन्र्दयकर्मी युनियको सदस्य भइसकेकी डाँगी २०७२ सालदेखि ब्युटिसियन क्षेत्रमा रहेर सौन्र्दयकर्मीहरूको हकहितमा लागि परेको कारणले नेतृत्वमा ल्याउनुपर्ने यहाँका ब्युटिसियनहरूले बताउने गरेका छन् । यसअघि मोरङको सौन्दयकर्मी युनियको सचिव रहदा पनि डाँगीले ब्युटिसियनहरूलाई आत्मनिर्भर बनाउन विभिन्न खाले कार्यक्रम र क्षमता अभिवृद्धि गर्ने तालिमहरू ल्याउने गरेकी थिइन् । त्यही भएर पनि उनी सौन्दर्यकर्मीहरू बिच लोकप्रिय भएकोले सबैको साथ सहयोगको कारणले प्रदेशको महासचिबमा उम्मेदवारी घोषणा गरेको बुझिएको छ । ‘यसअघि पनि विभिन्न पदमा बसेर काम गरेको अनुभव रहेको छ,’ महासचिबमा उम्मेदवारी घोषणा गरेकी डाँगीले भनिन्, ‘नेतृत्वमा पुगेपछि आफु सधैभरी ब्यूटिसियनहरूको हकहितमा क्रियाशिल भएर लागि पर्नेछु । त्यसको साथै सौन्दर्यकर्मीहरूको क्षमता अभिवृद्धी गर्नुको साथै आत्मनिर्भर बनाउन पनि आफु सधैभरी लागि पर्नेछु ।’ उनले सौन्दर्यकर्मी महासंघको महासचिबमा उम्मेदवारी घोषणा गरेपछि सोमबारसम्म अन्य कसैले पनि उक्त पदमा उम्मेदवारी नदिएको बुझिएको छ । युवा संघ नेपालको केन्द्रीय सदस्य समेत रहेकी डाँगी २०६० सादेखि राजनितीमा आवद्ध छिन् । नेकपा एमालेमा आवद्ध रहेकी डाँगी विद्यार्थीबाट राजनैतिक सुरू गरेकी हुन् । यसअघि अनेरास्वीयूमा पनि आवद्ध रहेकी डाँगी अहिले विभिन्न सामाजिक संघसंस्थाहरूमा पनि आवद्ध भएर सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?