Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यस बर्षको छठपर्ब समापन, छजिएका नहरहरु फेरी फोहोर हुने चिन्ता

2021 Nov 11 5:46 PM 24

विज्ञापन

Birat Cancer Hospital
यस बर्षको छठपर्ब समापन, छजिएका नहरहरु फेरी फोहोर हुने चिन्ता

अप्सरा कटवाल , बिराटनगर । विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस बर्षको छठ पर्व सकिएको छ । उदाउँदो सूर्यलाई अर्घ दिन पुर्बी नेपालका तराईक्षेत्र नहर तथा नदी तलाउ तथा खोलाहरुमा सर्वसाधरणको भिड लागेको देखिन्थियो ।253555400_1669589963385295_330069118441227687_n छठ पर्वका लागि विराटनगरको सिघींया, केसलीया तथा सुनसरी सिचाइ आयोगको नहरलगायत पोखरी किनारमा सजावट गरिएको थियो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । कथा अनुसार सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाएका थिए । सफा र हरियो अनि सजावट भएको नहरको छेउछाउहरु, ताल पोखरी फेरी फोहोर हुने चिन्ता बढेको छ । यस तर्फ महानगरपालिका तथा स्थानीय निकाय लाग्नु जरुरी छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?