Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेकपा (विप्लव समुह)को बन्द पुर्णरुपमा सफल, कतै पुरै बन्द कतै आंशिक

2021 Nov 16 1:37 PM 20

विज्ञापन

Birat Cancer Hospital
नेकपा (विप्लव समुह)को बन्द पुर्णरुपमा सफल, कतै पुरै बन्द कतै आंशिक

विराटनगर । विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको नेपभल बन्दको असर नेपालका ठुला शहरमा देखा परेको छ । पुर्बि नेपालका अधिकांश शहरहरु पुर्णरुपमा बन्द रहेको देखियो । बिद्यालय ठप्प छ भने छोटा तथा लामा दुरीका सवारीसाधनहरु चलेका छैनन् । नेपाल बन्दको प्रभाव विराटनगर पनि परेको छ । विप्लव नेतृत्वले पेट्रोलियम पदार्थमा भएको अच्चकालि मुल्य बृद्विको विरोधमा नेपभल बन्द गरेको हो । अतिआवश्यक सवारी साधन तथा खाद्यान्न बोकेको सवारी साधनहरु छिटपुट रुपमा चलेको देखिन्छ भने निजि साना सवारी साधन पुर्णरुपमा ठप्प छ । सधै जसो ब्यस्त सडक आज खालि देखिन्छ । सरकारी सवारी साधन समेत त्यति देखिएन् । बन्दका कारण विराटनगर लगायत देशभरका अधिकाशं निजि तथा सामुदायिक विद्यालयहरुको पठनपाठन रोकिएको छ । विद्यार्थी तथा विद्यालयको सवारी साधन, बिद्यालयको भौतिक सम्पत्तिको सुरक्षाको सरकारले दिन नसक्ने हुँदा हामीले रिक्स लिन नचाहेको निजि तथा आवासिय विद्यालय एशोसिएसन नेपाल( प्याब्सन)का केन्द्रिय अध्यक्ष टिकाराम पुरीले बताए । कहिले कोभिड महामारीका कारण त कहिले नेपाल बन्दका कारण विद्यालय ठप्प हुदा विद्यार्थीहरुको भविष्य अन्योलमा पर्ने गरेको अभिभावकहरुको भनाई छ । बिराटनगरमा चाडपर्ब पछाडि २ दिन मात्र बिद्यालय खुलेको थियो तर आज फेरी बन्द हुदा बिद्यार्थीहरु अन्यौलमा परेका छन् । सरकारी कार्यालय खुले पनि सेवाग्राही सेवा लिन कम आएको वार्ड नं २ का वडा अध्यक्ष कुमार पोखरेलले बताए । अहिले सम्म बन्द नभएको पम्पहरु बिराटनगर लगायत इटहरी, धरान, दमक र बिर्तामोडमा समेत बन्द भएका छन् । उद्योगहरु भित्रीरुपमा सन्चालन भएको देखिन्छ तर उद्योगहरुले सन्चालन गरेको मजदुर लाने लैजाने बस समेत नचल्दा दैनिक गरी खाने ती मजदुरहरु मार्कामा परेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?