Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्थानीय तहको लापरवाहीकै कारण बस्ती बिस्थापित हुने डर

2021 Dec 2 12:05 PM 14

विज्ञापन

Birat Cancer Hospital
स्थानीय तहको लापरवाहीकै कारण बस्ती बिस्थापित हुने डर
एन्जु शिवाकोटी विराटनगर । खोलाको किनारमा टिपर लाम लागेका थिए । किनारका दुवै छेउमा लाम लागेका टिपरमा जेसीबी र स्काभेटरले माटो खनेर भरि रहेका थिए । यो दृश्य दुहवी नगरपालिका वडा नम्बर ७ मा रहेको बुढीखोलाको हो । यो दृश्य आफैमा एक अपाच्य दृश्य बन्दै गएको छ । कोशी राजमार्गको दुहबी बजार र नेमुवाको बिचमा रहेको यस बुढिखोलाको पुल देखि करिब दुई किलोमिटर दक्षिणमा एउटा पुल रहेको छ । जुन केही बर्ष अगाडी मात्र बनेको हो । त्यही पुल छोएर भइरहेको उत्खननले पुल भत्किने सम्भावना दिन प्रतिदिन बढ्दै गएको छ । हिउँदभरी हुने उत्खननले बर्षामा बाढी जाँदा पुलसँगसगै बस्ती नै बगाउने डर त्यहाँका स्थिानीयहरुलाई लागि रहेको छ । निजी तथा सार्वजनिक जग्गामा भइरहेको मनपरी माटो उत्खनन कार्यले त्यहाँको अवस्था भयविहित हुदै गएको छ ।whatsapp-image-2021-12-02-at-12-00-54-pm दुहबी वडा ७ मा जोडिएकोे त्यो पुल बुढीगंगा गाँउपालिकाको ३ र ४ नम्बर वडा हुदै कोशी राजमार्गमा निस्कने भएकाले त्यहाँका मानव बस्ती जोखिममा पर्दै गएको छ । पूर्खौ देखि बस्दै आएका स्थानबाट विस्थापित भइने हो की भन्ने डर स्थानीय बासिन्दाको छ । पहिला पनि यसै गरि माटो उत्खननको कार्य भएकोथियो जसको परिणाम पूरै बस्ति डुवानमा परेको स्थानियले बताए । स्थानियहरुले यस्सरी लापरवाहि तरिकाले भइरहेको उत्खनन रोक्नको लागि प्रहरी तथा स्थानिय सरकारलाई पटक पटक जानकारी गराउदा समेत उत्खननको कार्य हाल सम्म नरोकिदा स्थानियहरु चिन्चित भएका छन् । कहिलेकाही टिपरलाई प्रहरीले समातने गरे पनि उत्खनन कार्य रोकिन सकेको छैन । दुहबी नगरपालिकाले स्थानिएले दिएको जानकारी अनुसार आफूहरुले टिपरलाई नियन्त्रणमा लिएको प्रमुख प्रशासन अधिकृत विनोद न्यौपानेले जनाएको छन् । ‘दुहबीको बुढीखोलामा हुने उत्खनन समस्याको जड भनेको अधिकांश स्थानियहरुको जग्गा खोलामा परेकोले हो ।’ उनले भने,‘ लापरवाहि रुपमा भइरहेको उत्खनन नियन्त्रणको लागि प्रहरीसँग समन्वय गरिरहेका छौं । कुनै पनि संरचनाको १ किलोमिटर आसपासमा उत्खनन गर्न नपाइने कानुनि व्यवस्था छ । कानुनको नियमानुसार पानि बगेर आउने क्षेत्रतर्फ ५ सय मिटर र पानी बगेर जाने क्षेत्रतर्फ १ किलोमिटरको आसपासमा उत्खनन गर्न नपाइने व्यवस्था छ ।whatsapp-image-2021-12-02-at-12-00-55-pm-1 निजी जग्गा भएको खण्डमा उत्खनन गर्नको लागि स्थानिय तहलाई निवेदन दिर्नु पर्ने छ । निवेदन पाए पछि स्थानिय तहले त्यहाँको अवस्थालाई अवलोकन गरी सिफारिस दिए पछि मात्र उत्खनन गर्न पाउने व्यवस्था रहेको छ । तर यहाँको अवस्था हेर्दा स्थानियहरुले नै लापरवाही रुपमा उत्खनन गरेको पाइन्छ । हालसम्म निजि जग्गाबाट उत्खनन गर्नको लागि एक जना पनि स्थानियले निवेदन दिएका छैनन । गिटि, बालुवा, माटो उत्खननका लागि स्थानिय व्यक्तिले नै ठेक्का लिएर उत्खनन गर्ने गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले बताए । ‘हामिहरुले दिने भनेको सुरक्षा हो । यसरी भइरहेको लापरवाही उत्खननको जिम्मेवार स्थानिय आफै रहेको उनले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो