Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

 शिलामा अक्षर कुँदेरै जिविकोपार्जन गर्दै शाह

2021 Dec 14 12:53 PM 31

विज्ञापन

Birat Cancer Hospital
 शिलामा अक्षर कुँदेरै जिविकोपार्जन गर्दै शाह
एन्जु शिवाकोटी,विराटनगर । मानिसलाई उमेरले होइन परिस्थतिले एक जिम्मेवार व्यक्ति बनाउने गर्छ । त्यस्तै परिस्थथिले आफ्नो जिम्मेवारीबोध गरी रहेका छन् ५१ वर्षका श्याम प्रसाद शाह । शाहलाई विराटनगर स्थित पाञ्चाली चोकको सडक छेउमा मार्वलमा अक्षर कुँदै गरेको अवस्थामा सधै देख्न सकिन्छ । सडक पेटीको छेउमा रहेको आफ्नै निवाशमा उनी विगत १२ वर्ष देखि मार्वललाई कुँदेर शिला बनाउदै आइरहेका छन् । विगत १२ वर्ष देखि उनी त्यहाँ शिलामा अक्षर कुँदने काम गर्दै आईरहेका छन् । १५ वर्षको उमेरमा बुबाको मृत्यु भएपछि उनी माथि जिम्मेवारी आइपप्र्यो । जिम्मेवारीले थिचे पछि उनी कामको शिलशिलामा भारतको बनारस पुगे । अनजान ठाँउ, अपरिचित मान्छे त्यहाँ पुगेर काम खोज्न र बस्न शाहको लागी निकै चुनौतीको विषय बन्यो । कामको खोजीमा भौतारिदा भौतारीदै १५ दिन सडक पेटीको बास र पानिसंग बिस्कुटको आहारामा बिताउनु पर्यो । १५ दिन पछि बल्ल उनले ग्यारेजमा काम गर्न पाए । बस्नको लागी ग्यारेजसंगै जोडिएको एउटा सानो कोठा व्यवस्था त्यहि ग्यारेजको साहूले गरिदिए ।sila-lekha3 उनी काम गर्ने ठाउँ नजिकै मार्वलका शिलामा अक्षर कुँदेर शिलालेख लेख्ने ठाँउ थियो । शिला कुँदेर राम्रो आम्दानि हुने देख्दा उनलाई सधै शिलामा अक्षर कुँदने काम सिक्न मन लाग्ने गरेको उनले बताउछन् । तर त्यो समयको उनको अवस्थामा ग्यारेजमा काम पाउनु नै ठूलो कुरा थियो । एक वर्ष ग्यारेजमा काम गरे पछि फुर्सदको समय निकालेरशिलामा अक्षर कुँदन सिक्न जान थालेको उनीले बताए । १ वर्ष लगातार सिके पछि उनी नेपाल फर्किए । नेपाल फर्किएर शिलालेख लेख्ने व्यवसाय गर्ने सोच भए पनि आर्थिक अभावका कारण उनको सपना सपना नै रहेको थियो । उनले १८ वर्षको उमेरमा विवाह गरे तर केही समय पछि सम्बन्धविच्छेद भयो । दिनहरु संघर्षमय नै थियो । आर्थिक अभाव, ज्याला मजदूरीमा दिन यसै वितिरहेको थियो । ज्याला मजदूरी गरेर घरपरिवार चलाई रहेका उनले केही पैसा जोगाएका थिए ।sila-lekha2 उनले १२ वर्ष अगाडी त्यही बचाएको पैसाले आफ्नै निवाशमा मार्वलमा अक्षर कुँदेर शिलालेख लेख्न थालेका हुन् । काम थालेको २ वर्ष पछि उनले दोस्रो विवाह गरे । हाल उनी ३ सन्तानका बुबा भै सकेका छन् । उनी माथि ५ जनाकको जिम्मेवारी छ । अडर अनुसार उनी सबै भाषामा शिलालेख तयार गर्ने गर्छन् । उनले बनाएका शिलालेख प्रदेश १ का थुप्रौ ठाँउसम्म विक्री हुने गरेका छन् । शिलालेख बाट राम्रै आमदानी हुने उनको पारिवारीक अवस्थाले पनि बताउछ । पहिला विराटनगरको तिनपैनीमा भाडाको घरमा बस्दै आएका उनको परिवार हाल पाञ्चाली चोकमा आफ्नै घरमा बस्दै आएको छ । ज्याला मजदूरीबाट आफ्नै व्यवसाय सम्म आइपुग्न उनले धेरै संघर्ष गर्नु परेको थियो । दुई छाक खानको लागी मुस्किल उनको परिवार आज यही शिलालेख व्यवसायबाट राम्रो संग चल्न थालेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न