Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सामाजिक परिवर्तनकेन्द्रको ध्यानाकर्षणः मोची समुदायमा कोरोनाले पारेको प्रभाव

2021 Dec 19 11:57 AM 43

विज्ञापन

Birat Cancer Hospital
सामाजिक परिवर्तनकेन्द्रको ध्यानाकर्षणः मोची समुदायमा कोरोनाले पारेको प्रभाव
विराटनगर । जनशक्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौंको संयुक्त आयोजनामा कोभिडले पारेको प्रभाव छलफल कार्यक्रममा मोचिहरुको गुनासा समेटिएको छ । ट्रेड युनियन महासंघ समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष टिका प्रसाँईले सडकमा बसेर जुत्ताचप्पल मर्मत गर्ने सर्वहाराहरुलाई तथ्यांक र अवस्था संकलन गरेर पञ्जिकरण गरि सेवा सुविधा दिलाउन महानगरपालिलाई आग्रह गरे । विराटनगर महानगरपालिका समाजिक महाशाखा प्रमख पुनम दाहालले सडकपेटीमा सुरक्षित हिँडन पाउने अधिकार सुनिश्चित गराउनुपर्दा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुको पेशा धरापमा परेकोले व्यवस्थित गराउन महानगरले योजना तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले मोचीहरु मात्र नभएर अनौपचारिक क्षेत्रमा काम गर्ने सबै श्रमिकहरुलाई पञ्जिकरण गराएर सुविधा दिलाउन महानगरपालिकाले कार्यविधि तयार गरिरहेको जानकारी गराए । शनिवार आयोजना भएको उक्त छलफल कार्यक्रममा सहभागि भएका मोचिहरुले राज्यले प्रदान गर्ने सेवा सुविधाबाट आफूहरु बन्चित रहेको उनीहरुले बताएका छन् । मोचि समुदायका अगुवाका रुपमा रहेका राधे राम मोचीले सरकारले मोची समुदायलाई पनि समेटनु पर्ने बताउदै भने, ‘लकडाउनले गर्दा कमाई ठप्प गरेकाले ऋण काटेर खान बाध्य भयौं, कति दिन भोकभोकै बस्यौं । बल्ल अलि सहज हुन थालेको छ । फेरी लकडाउन हुन्छ अरे । अब हामीहरुलाई पनि सरकारले हेर्नु पर्छ । मोचि कुमुद रामले सडक पेटिमा जुत्ता चप्पल सिलाउदा आफूहरुले सास्ती सहनु पर्ने गुनासो गरेका छन् । व्यवस्थित र सुरक्षित तवरले काम गर्न पाउने व्यवस्था मिलाइदिनको लागि उनले महानगरसँग आग्रह समेत गरे । अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का उपाध्यक्ष उपेन्द्र रायले अनौपचारिक क्षेत्रका मजदुरहरुलाई संगठित गराउँदै हक अधिकार दिलाउन आफुहरु लागिरहेको भन्दै संगठित हुन मोचीहरुलाई आग्रह गरे । जनशक्त्ति विकास केन्द्र तथा सामुदायिक विकास केन्द्र मोरङका अध्यक्ष डिक घिमिरेले कोभिड महामारी र विपदहरुमा सबैभन्दा बढी मारमा पर्ने मोचीहरु जस्तै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु हुने भएकोले उनीहरुको पक्षमा आफुहरुले आवाज उठाउन थालेको जानकारी गराए । छलफलमा सहभागी मानव अधिकारकर्मी ट्रेड युनियनका अगुवा, विराटनगर महानगरपालिकाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला