Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सामाजिक परिवर्तनकेन्द्रको ध्यानाकर्षणः मोची समुदायमा कोरोनाले पारेको प्रभाव

2021 Dec 19 11:57 AM 34

विज्ञापन

Birat Cancer Hospital
सामाजिक परिवर्तनकेन्द्रको ध्यानाकर्षणः मोची समुदायमा कोरोनाले पारेको प्रभाव
विराटनगर । जनशक्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौंको संयुक्त आयोजनामा कोभिडले पारेको प्रभाव छलफल कार्यक्रममा मोचिहरुको गुनासा समेटिएको छ । ट्रेड युनियन महासंघ समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष टिका प्रसाँईले सडकमा बसेर जुत्ताचप्पल मर्मत गर्ने सर्वहाराहरुलाई तथ्यांक र अवस्था संकलन गरेर पञ्जिकरण गरि सेवा सुविधा दिलाउन महानगरपालिलाई आग्रह गरे । विराटनगर महानगरपालिका समाजिक महाशाखा प्रमख पुनम दाहालले सडकपेटीमा सुरक्षित हिँडन पाउने अधिकार सुनिश्चित गराउनुपर्दा जुत्ताचप्पल मर्मत गर्ने मोचीहरुको पेशा धरापमा परेकोले व्यवस्थित गराउन महानगरले योजना तयार पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले मोचीहरु मात्र नभएर अनौपचारिक क्षेत्रमा काम गर्ने सबै श्रमिकहरुलाई पञ्जिकरण गराएर सुविधा दिलाउन महानगरपालिकाले कार्यविधि तयार गरिरहेको जानकारी गराए । शनिवार आयोजना भएको उक्त छलफल कार्यक्रममा सहभागि भएका मोचिहरुले राज्यले प्रदान गर्ने सेवा सुविधाबाट आफूहरु बन्चित रहेको उनीहरुले बताएका छन् । मोचि समुदायका अगुवाका रुपमा रहेका राधे राम मोचीले सरकारले मोची समुदायलाई पनि समेटनु पर्ने बताउदै भने, ‘लकडाउनले गर्दा कमाई ठप्प गरेकाले ऋण काटेर खान बाध्य भयौं, कति दिन भोकभोकै बस्यौं । बल्ल अलि सहज हुन थालेको छ । फेरी लकडाउन हुन्छ अरे । अब हामीहरुलाई पनि सरकारले हेर्नु पर्छ । मोचि कुमुद रामले सडक पेटिमा जुत्ता चप्पल सिलाउदा आफूहरुले सास्ती सहनु पर्ने गुनासो गरेका छन् । व्यवस्थित र सुरक्षित तवरले काम गर्न पाउने व्यवस्था मिलाइदिनको लागि उनले महानगरसँग आग्रह समेत गरे । अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का उपाध्यक्ष उपेन्द्र रायले अनौपचारिक क्षेत्रका मजदुरहरुलाई संगठित गराउँदै हक अधिकार दिलाउन आफुहरु लागिरहेको भन्दै संगठित हुन मोचीहरुलाई आग्रह गरे । जनशक्त्ति विकास केन्द्र तथा सामुदायिक विकास केन्द्र मोरङका अध्यक्ष डिक घिमिरेले कोभिड महामारी र विपदहरुमा सबैभन्दा बढी मारमा पर्ने मोचीहरु जस्तै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु हुने भएकोले उनीहरुको पक्षमा आफुहरुले आवाज उठाउन थालेको जानकारी गराए । छलफलमा सहभागी मानव अधिकारकर्मी ट्रेड युनियनका अगुवा, विराटनगर महानगरपालिकाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न