Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङमा मलको हाहाकार हुँदा प्रदेशमा मलको अभाव नहुँने कृषि कम्पनीको दाबी

2021 Dec 20 11:32 AM 30

विज्ञापन

Birat Cancer Hospital
मोरङमा मलको हाहाकार हुँदा प्रदेशमा मलको अभाव नहुँने कृषि कम्पनीको दाबी
विराटनगर । कृषि कम्पनी विराटनगरले प्राप्त भएको ३८ सय मेट्रिक टन डिएपी मलमध्ये मंसिर महिनामा १३ सय ३१ मेट्रिक टन मोरङका दुई सय ७० वटा सहकारीमार्फत बिक्री गरिसकेको छ। दुई हजार तीन सय ६८ मेट्रिक टन डिएपी प्रदेश १ का विभिन्न जिल्ला र दुई नम्बर प्रदेशको सिराहा र सप्तरी जिल्लाका लागि पठाइएको छ। हाल कम्पनीको विराटनगरस्थित गोदाममा सय मेट्रिक टन डिएपी, २४ सय ६९ मेट्रिक टन युरिया मल मात्र मौज्दात छ। करिब ६ सय मेट्रिक टन डिएपी र युरिया मल आउने क्रममा रहेको कार्यालयले जनाएको छ। कृषि कम्पनी प्रादेशिक कार्यालय विराटनगरले झापाको बिर्तामोड, इलाम, धनकुटा, सुनसरीको इटहरी र उदयपुरको गाईघाटमा रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत प्रदेश १ भरिका जिल्लामा रासायनिक मल वितरण गर्ने गरेको छ। यसबाहेक सिराहाको लहानस्थित कार्यालयबाट प्रदेश २ को सिराहा र सप्तरीमा पनि मल वितरण गर्ने गरेको छ। कृषि सामग्री कम्पनी प्रदेश १ कार्यालय विराटनगरका प्रमुख नवरत्न गौतम प्रदेशका पहाडी जिल्लामा गहुँ र हाइब्रिड मकै खेती नहुने भएकाले मलको अभाव नरहेको बताउँछन्। तराईका झापा, मोरङ र सुनसरी जिल्लामा हाइब्रिड मकै खेती बढ्न थालेकाले डिएपी मलको अभाव भएको उनी बताउँछन्। तर, सहकारीहरूलाई मिलाएर बिक्री भइरहेकोले डिएपी मलको अभाव भए पनि हाहाकार भने नभएको उनी बताउँछन्। उनले भने, ‘अब डिएपीको समय अन्तिम भइसक्यो, युरिया मौज्दात पनि छ र आउने क्रममा पनि रहेकाले मागअनुसार कृषकले मल नपाए पनि प्रदेश १ मा हाहाकार भने भोग्नुपर्दैन।’विराटनगरस्थित साल्ट ट्रेडिङ कम्पनीको गोदाममा हाल तीन सय ६० मेट्रिक टन युरिया र १० मेट्रिक टन पोटास मल मात्र मौज्दात छ। साल्ट ट्रेडिङ कम्पनी विराटनगरका प्रमुख राधेश्याम चौधरीका अनुसार डिएपी मल प्राप्त नभएकाले मंसिर महिनामा बिक्री पनि भएन र मौज्दात पनि रहेको छैन। मोरङको दक्षिणी क्षेत्रमा कृषकले गहुँ,तोरीसँगै हाइब्रिड मकैको खेती पहिलेभन्दा धेरै गर्न थालेका छन्। गहुँ र हाइब्रिड मकैलाई धेरै रासायनिक मल चाहिन्छ। तर, आवश्यकताअनुसार मल नपाएपछि अधिकांश किसान भारतीय बजारमा निर्भर छन्। आवश्यकताअनुसार मल नपाएपछि मोरङको दक्षिणी क्षेत्रका कृषकले भारतीय बजारबाट मल खरिद गरेर प्रयोग गरिरहेकाे रंगेली नगरपालिका– ३ का कृषक भरत उराऊले बताए । उनले भने, ‘बाली लगाउनुअघि माटोमा हाल्ने डिएपी मल एकदमै अभाव छ। पाए पनि एक–दुई बोरा मात्र पाइन्छ,  त्यो पनि समयमा पाउन सकिदैन यसैले भारतीय बजारबाट खरिद गरेरल्याउनु पर्ने बाध्यता छ ।’ हिउँदे बाली गहुँ र मकैका लागि मोरङमा रासायनिक मलको अभाव छ। गहुँ र मकै लगाउने पिक सिजनमा आवश्यकताअनुसार डिएपी मल नपाउँदा कृषक भारतीय बजारको भर पर्न बाध्य छन्। विराटनगरस्थित कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीबाट सहकारीहरूले मल खरिद गरेर लगे पनि पर्याप्त नभएकाले किसानले मागअनुसार मल पाएका छैनन्। नयाँ पत्रिका  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न