Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिपि प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान जडानः दैनिक ७० विरामी सेवा लिदै

2021 Dec 21 12:08 PM 31

विज्ञापन

Birat Cancer Hospital
बिपि प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान जडानः दैनिक ७० विरामी सेवा लिदै
 एन्जु शिवाकोटी,धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान जडान भए पछि प्रदेश १ र २ का हजारौ बिरामीहरु खुशि भएका छन् । सिटी स्क्यान मेसिनको अभावमा दैनिक ७० जना भन्दा बढी बिरामीलाई बिराटनगर, बिर्तामोड, काठमाण्डौं लगायत अन्यत्र रेफर गर्दा करौडौको आम्दानी गुमाउनु् परेको थियो । उपकुलपति डा. ज्ञानेन्द्र गिरी आए पछि गरिरहेको सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ । हाल परीक्षणकालमा रहेको नयाँ सिटी स्क्यान मेसिन प्रतिष्ठानमा आपूर्ति गर्न ठेकेदार कम्पनी म्याक्स मेडिटेकलाई उपकुलपति गिरिले १६ महिना अघि ०७७ भदौमा नै कुल १६ करोड रुपैयाको ५० प्रतिशत अर्थात ८ करोड रुपैया अग्रीम भुक्तानी दिएका थिए । प्रतिष्ठानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक सि।टि।मेशिन आएको हो । प्रतिष्ठानका अनुसार यो क्षमताको सिटि मेशिन उपत्यका बाहिर पहिलो पटक वीपी प्रतिष्ठानमा सञ्चालनमा आएको हो । यो सिटि मेशिन सञ्चालनमा आएपछि बिरामीहरुलाई बाहिर रिफर गर्न नपर्ने प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.विकास साहले जानकारी दिए । उनका अनुसार यो सिटि मेशिनले द्रुत गतिमा स्क्यान गर्न सकिने हुँदा विरामीलाई विकिरणीय जोखिम पनि अत्यन्तै न्यून हुन्छ । ‘सुक्ष्मरुपमा गहिराईसम्म यो मेशिनले स्क्यान गर्नसक्छ, यसले विरामीहरुलाई धेरै नै राहत मिल्छ,’ उनले भने। रेडियोलोजी विभागबाट प्राप्त तथ्यांक अनुसार प्रतिष्ठानमा दैनिक रुपमा सरदर ७० जना बिरामी सिटि गर्न आउँछन् । अब नयाँ मेसिनबाट दैनिक बिरामीलाई सिटी स्क्यान गरेर तत्काल रिपोर्ट दिने प्रतिष्ठानले जनाएको छ । यसअघि प्रतिष्ठानमा सिटी स्क्यान गर्नुपर्ने बिरामी मध्ये अधिकांसलाई अन्यत्र रेफर गरिँदा मासिक डेढ करोड रुपैयाँ घाटा हुँदै आएको थियो । रेडियोलोजी विभागका डेमोस्ट्रेटर तथा प्राविधिक इन्चार्ज मुकेस झाका अनुसार नयाँ मेसिनबाट बिरामीको रिपोर्ट छिटो र दुरुस्त निकाल्न सकिन्छ। उनले नयाँ मेसिनले मुटुको सिटी एन्जिओग्राफी अफ हर्ट, बोन इमेजिङ, स्ट्रोकका बिरामीका लागि ब्रेन पफ्र्यूजन, फोक्सो सम्बन्धी पल्मोनरी इम्बोलिजम, मिर्गौला सम्बन्धी रेनल एन्जीओग्राफी, सिटी गाइडेड बायोप्सी, मसल स्केलेटल इमेजिङ लगायत शरीरका विभिन्न अंगको सिटी स्क्यान गरेर रोग पहिचान गर्न सकिने बताए। विभागका डेमोष्ट्रेटर एण्ड टेक्निकल इञ्चार्ज मुकेश झाका अनुुसार न्युनतम रेडिएसन डोजमा छिटो स्क्यान गर्न सकिने भएकोले धेरै विरामीको स्क्यान गर्न सकिन्छ। उनले भने, ‘थोरै समयमा धेरैको स्क्यान गर्न सकिन्छ । हामीले दैनिक ४० देखि ६० वटा स्क्यान गर्ने लक्ष्य राखेका छौं।’ उनका अनुसार अबदेखि मुटुको एनजिओग्राफि, कार्डियाक सिटि, न्युरो इमेजिन परफ्युजन इमेजिन, बोन मिनरल डेन्सिटी इभाल्युएन क्युसिटी, सिटि फ्लोरोस्कोपी, सिसि गाइडेट वायोस्पी, मस्कुलर स्केलेटल इमेजिङ, रेनल एनजिओग्राफीलगायत अन्य विशिष्ट खालको सिटि स्क्यान वीपीमा नै हुन्छ । प्रतिष्ठानमा सिटी स्क्यान गर्दा न्यूनतम मुल्य ३ हजार ६ सय रुपैयाँमात्र तोकिएको छ । सुलभ मुल्यमा सिटि स्क्यान गर्न पाइने तथा उपचारको लागी अन्त जानु नपर्दा समय र खर्च दुबै बचत भएको धरान उपमहानगरपालिका – ३ बाट उपचारका लागि आएकी हरिमाया ढांगीले बताइन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न