Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरमा बिरामी ठग्ने बिचौलियाको बिगबिगी बढ्दै

2021 Dec 26 11:36 AM 44

विज्ञापन

Birat Cancer Hospital
 एन्जु शिवाकोटी, विराटनगर । विराटनगरमा उपचार गराउन आएका बिरामीलाई ठग्ने विचौलियाहरूको बिगबिगी अझै निरुत्साहित हुन सकेको छैन। अस्पताल र औषधि पसलले दिने कमिसनका लागि उपचार गराउन आउने सोझा बिरामी ठग्नेहरूलाई मोरङ प्रहरीले पक्राउ गरी कारबाही गर्न थाले पनि यस्ता ठगहरुको बिगबिगी निरुत्साहित हुन सकेको छैन। राम्रो डाक्टर छ उपचार राम्रो हुन्छ, औषधी सस्तो पाईन्छ भन्दै आफ्नो सम्पर्कको अस्पताल र फार्मेसीमा  लगेर ठगी गर्ने बिचौलियाहरू अझै सक्रिय छन्। विचौलियाहरुले तराईका गाउँ तथा पहाडबाट उपचारका लागि आएका सर्वसाधारणलाई भुलभुलैयामा पारेर आफूलाई कमिसन दिने अस्पतालमा लैजाने गरेका छन् । उनीहरु यस्तै काममा खटाइएका फार्मेसीका अघोषित कर्मचारी पनि हुन् । उपचार गर्न आएका विरामीलाई कमिसनको लोभमा अन्यत्रैका अस्पताल र क्लिनिनमा लगेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ८ का २० वर्षीय सागर राई, खोटाङ जन्तेढुगां गाउँपालिकाका २४ वर्षीय विशाल राई र विराटनगर ५ का १९ वर्षीय मोहमद सेराज रहेका छन् । यस अघि उपचार गराउन आएका बिरामी र आफन्तलाई ठगी गरेको आरोपमा प्रहरीले  २९ मंसिरमा  विराटनगर महानगरपालिका–७ बाट विराटनगर–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह र विराटनगर–१२ का ३९ वर्षीय शिवकुमार कामतलाई पक्राउ गरेको थियो । चालू वर्षमा मोरङ प्रहरीले पटक–पटक गरेर २० बिचौलियालाई पक्राउ गरेर कानुनी कारबाही गराइसकेको छ। विराटनगरका निजी अस्पतालहरुले एम्बुलेन्स, अटोरिक्साचालक, विभिन्न हेल्थकेयर सेन्टर, उपचार क्लिनिक र औषधि पसलमा काम गर्ने बिचौलियाहरूलाई कमिसन दिएर बिरामी उपचारको बहानामा महँगो शुल्क असुल्ने गरेका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला