Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरमा बिरामी ठग्ने बिचौलियाको बिगबिगी बढ्दै

2021 Dec 26 11:36 AM 21

विज्ञापन

Birat Cancer Hospital
 एन्जु शिवाकोटी, विराटनगर । विराटनगरमा उपचार गराउन आएका बिरामीलाई ठग्ने विचौलियाहरूको बिगबिगी अझै निरुत्साहित हुन सकेको छैन। अस्पताल र औषधि पसलले दिने कमिसनका लागि उपचार गराउन आउने सोझा बिरामी ठग्नेहरूलाई मोरङ प्रहरीले पक्राउ गरी कारबाही गर्न थाले पनि यस्ता ठगहरुको बिगबिगी निरुत्साहित हुन सकेको छैन। राम्रो डाक्टर छ उपचार राम्रो हुन्छ, औषधी सस्तो पाईन्छ भन्दै आफ्नो सम्पर्कको अस्पताल र फार्मेसीमा  लगेर ठगी गर्ने बिचौलियाहरू अझै सक्रिय छन्। विचौलियाहरुले तराईका गाउँ तथा पहाडबाट उपचारका लागि आएका सर्वसाधारणलाई भुलभुलैयामा पारेर आफूलाई कमिसन दिने अस्पतालमा लैजाने गरेका छन् । उनीहरु यस्तै काममा खटाइएका फार्मेसीका अघोषित कर्मचारी पनि हुन् । उपचार गर्न आएका विरामीलाई कमिसनको लोभमा अन्यत्रैका अस्पताल र क्लिनिनमा लगेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ८ का २० वर्षीय सागर राई, खोटाङ जन्तेढुगां गाउँपालिकाका २४ वर्षीय विशाल राई र विराटनगर ५ का १९ वर्षीय मोहमद सेराज रहेका छन् । यस अघि उपचार गराउन आएका बिरामी र आफन्तलाई ठगी गरेको आरोपमा प्रहरीले  २९ मंसिरमा  विराटनगर महानगरपालिका–७ बाट विराटनगर–१९ का ४६ वर्षीय विनोद राय, विराटनगर–५ का ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह र विराटनगर–१२ का ३९ वर्षीय शिवकुमार कामतलाई पक्राउ गरेको थियो । चालू वर्षमा मोरङ प्रहरीले पटक–पटक गरेर २० बिचौलियालाई पक्राउ गरेर कानुनी कारबाही गराइसकेको छ। विराटनगरका निजी अस्पतालहरुले एम्बुलेन्स, अटोरिक्साचालक, विभिन्न हेल्थकेयर सेन्टर, उपचार क्लिनिक र औषधि पसलमा काम गर्ने बिचौलियाहरूलाई कमिसन दिएर बिरामी उपचारको बहानामा महँगो शुल्क असुल्ने गरेका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?