Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको काली मन्दिरको स्वरूप फेरिदै

2021 Dec 26 12:37 PM 21

विज्ञापन

Birat Cancer Hospital
विराटनगरको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको काली मन्दिरको स्वरूप फेरिदै
विराटनगर । विराटनगरको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको काली मन्दिरको स्वरूप परिवर्तन गरी तामाको छाना बनाइने भएको छ । वि.सं. १९६० मा स्थापना भएको काली मन्दिर विराटनगरको प्रसिद्ध शक्तिपीठ मानिएको मन्दिरको स्वरूप परिवर्तनका लागि काठमाडौँबाट इन्जिनियरसहित १० जनाको कालीगढ टोली झिकाइएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा.मिनाक्षी नेपालले तीन तहको छानामा तामाको पाताले छाउने काम सुरु गरिएको बताइन् । मन्दिरको बाहिरी स्वरूप परिवर्तनका लागि तीन हजार किलोग्राम तामाको प्रयोग गरिने छ । तामाको पाताले छाएसँगै त्यसमा सुनौलो रङले रङ्ग्याइने छ । झण्डै ६० लाख रुपैयाँको लागतमा बाहिरी स्वरूप परिवर्तन गरिसकेपछि मन्दिरको भित्री परिसरलाई समेत सौन्दर्यीकरण गर्ने योजना रहेको उनले बताइन् । स्थापनाताका सामान्य स्वरूपमा रहेको काली मन्दिर वि.सं.२००० मा पुनर्निर्माण गरिएको थियो । त्यसबेला सुर्कीचुना र इँटाको प्रयोग गरेर तत्कालीनको पक्की संरचना बनाइएको थियो । । त्यसबेला पित्तलबाट बनेको कालीको मूर्ति चढाइएको थियो । त्यसपछि २०५३ सालमा काली मन्दिरको  संरचना निर्माण गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?