Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ट्राफिक नियमको बास्तै नगरी सवारी सञ्चालनमा

2021 Dec 26 4:55 PM 31

विज्ञापन

Birat Cancer Hospital
एन्जु शिवाकोटी, विराटनगर । विराटनगर स्थित बसपार्कबाट ट्राफिक नियमको बास्तै नगरी सवारी सञ्चालन हुदै खाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काले ट्राफिक नियमको उल्लङघन गरि सवारी साधन सञ्चालनमा आएको भेटीएमा कारवाहि गर्ने भन्दै आएता पनि ट्राफिक नियम लागु हुनसकेको छैन । सफारी तथा बस चालकहरुले नो पार्किङ भनेकै ठाउँमा सवारी रोक्ने तथा यात्रुहरु चढाउने गरेका छन् । बस पार्क देखि बरगाछी सम्मको दुरीमा सिमित क्षेत्रमा मात्र पार्किङ गर्न पाइने व्यवस्था भएता पनि सवारी साधनहरु जथाभावी रुपमा सवारी चालकहरुले सवारी रोक्दै आएका छन् । तीन बर्ष देखि विराटनगर देखि इनरुवा लाइनमा बस चलाउदै आइरहेका रमेश चौधरीले गरीखान नदिएको भन्दै आरोप लगाए । उनी भन्छन् – ‘उचित व्यवस्था ल्याएमा कसले नियमको पालना गर्दै न र यो हामीलाई दुःख दिएर पेट भर्ने षडयन्त्र मात्र हो ।’ कञ्चनबारी देखि रोडशेष सम्म हिनेका ६७ बर्षिय हरिराम खनाल भन्छन् – ‘सबै राजनीतिक चलखेल मात्र हो हामिलाई मुर्ख बनाएर आफ्नो दुनो सोझयाउने काम मात्र हो ।’82023735_1394278854084748_3413726829624688640_n खनालको जस्तै पाञ्चाली चोकमा घर भएकी ५९ बर्षिय रमा बरालको गुनासो रहेको छ । इटरी देखि घर फर्कने क्रममा उनी बस पार्क उक्रिएकी थिइन् । उत्रने भनेको ठाउँबाट पर लगेर बस चालकले बस रोकेकोमा उनी आक्रोशित भइन् । नो पार्किङ ट्राफिक नियम लागु भएता पनि सहि तवरले यसको कार्यन्वयन हुन सकेको छैन । उचित ट्राफिक नियमको कमिले हो या त चेतनाको कमिले । यस बारेमा एक चोटी सोच्नै पर्ने देखिन्छ । ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरण गर्न र सडक सुशासन कायम गर्ने उद्देश्यले जनचेतना मुलक कार्यक्रमहरु बेला बेला ल्याउने गरेको छ । तर ट्राफिक नियम लागु भएमा मात्र हुदैन त्यसको पालना पनि गर्नु जरुरी छ । जथाभावी रुपमा सवारी पार्किङ गर्ने, ओभरटेक गरेर सवारी कुदाउने तथा मनलाग्दि रुपमा बाटो काट्ने प्रविधिले पनि दुर्घटना हुने गरेको छ । ट्राफिक व्यवस्था राम्रो छैन भनेर भनी रहदा हामीले कति जिम्मेवार भएर ट्राफिक नियमको पालना गरिरहेका छौं भन्ने कुरालाई हरेक व्यक्तिले सोचेर नियमको पालना गर्ने हो भनी सवारी दुर्घटना न्यूनिकरण हुन्यो की ? प्रदेश १ ट्राफिक कार्यलयको तथ्याङक अनुसार सडक दुर्घटनाबाट आर्थिक बर्ष २०७५÷७६ मा ३ सय ७३ जना, ७६÷७७ मा ३ सय ३२ जना, ७७÷७८ मा ४ सय ४४ जना र चालु आर्थिक बर्षको मंसिर महिना सम्ममा २ सय १४ जनाको ज्यान गएको छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न