Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पर्यटन बोर्ड खारेज निर्णय कानुन अनुकूल नभएको इजलाशको भनाई

2021 Dec 26 5:22 PM 34

विज्ञापन

Birat Cancer Hospital
विराटनगर । प्रदेश नं १ मा स्थापित पर्यटन विकास बोर्ड वर्तमान सरकारले खारेज गरेको निर्णयमाथि उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएपछि बोर्डमा आवद्ध सदस्य उत्साहित भएका छन् । बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्दै पर्यटनको माध्यमबाट दिगो विकास, रोजगारी सिर्जना, विदेशी मुद्राआर्जन गरी देशको आर्थिक समृद्धि गर्ने क्षेत्रको विकास गर्ने संस्था खारेज गर्ने प्रदेश सरकारको निर्णय गलत भएको बताउनुभयो । उहाँले प्रदेश पर्यटन विकास ऐन, २०७६ को दफा ४३ ले दिएको अधिकार प्रयोग गरी ऐनको उद्देश्य कार्यान्वयन गर्न प्रदेश सरकारले ‘प्रदेश पर्यटन बोर्ड नियमावली–२०७८’ लागू गरी प्रदेश पर्यटन बोर्ड गठन गरेको थियो । अघिल्लो सरकारले छ जनालाई तीन वर्षका लागि नियुक्त गरी कार्यभार सम्हालीसकेको अवस्थामा गत मङ्सिर ९ गते मन्त्रिपरिषद्को निर्णयबाट कानुनको गलत व्याख्या गरी प्रदेश पर्यटन बोर्ड नियमावली, २०७८ खारेज गरिएको रिट निवेदनमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि पुनः यही पुस १ गते विपक्षीको नाममा प्रमाणसहित पुस ८ गते उपस्थित हुनआदेश जारी भएको थियो । न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलाशले पर्यटन बोर्ड खारेज गर्ने निर्णय कानुन अनुकूल नदेखिएको हुँदा निवेदनको अन्तिम टुङ्गो नलागेसम्मलाई नियक्त खारेज गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखि पुनः अन्तरिम आदेश प्राप्त भएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । रासस

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न