Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

परीक्षामा ३५ अंक नल्याउने विद्यार्थीलाई फेल गराउने नयाँ व्यवस्था कार्यन्वयनमा

2021 Dec 28 2:36 PM 33

विज्ञापन

Birat Cancer Hospital
परीक्षामा ३५ अंक नल्याउने विद्यार्थीलाई फेल गराउने नयाँ व्यवस्था कार्यन्वयनमा
काठमाण्डौं । अब देखि परीक्षामा ३५ अंक नल्याउने विद्यार्थीलाई फेल गराउने नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ। केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरू अब परीक्षमा उत्तीर्ण हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरेको ०७२ सालदेखि कार्यन्वयनमा ल्याएको ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाइस्तर खस्काएको, शिक्षकमा पढाउने र विद्यार्थीको अध्ययन गर्ने संस्कृति हटाएको निष्कर्ष निकाल्दै पाठ्यक्रम विकास केन्द्रले अक्षराङ्कका पद्धति कार्यान्वयन कार्यविधि, ०७२ खारेजी गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका, ०७८ कार्यन्वयनमा ल्याएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए। नयाँ व्यवस्थाअनुसार अब विद्यार्थीको मूल्यांकन कक्षा १ देखि १२ सम्म एकरूपता कायम गरेको उनले जनाए। आठवटा श्रेणीमा वर्गीकृत ग्रेडिङ प्रणालीमा ९० र सो भन्दामाथि अंक प्राप्त गर्नेले स्तरीकृत अंक ४.० प्राप्त गर्नेछन् भने अक्षरमा ए प्लस र उपलब्धिस्तर सर्वोत्तम कायम हुनेछ। ८० र सोभन्दा माथि ९० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत ३.६ र अक्षरमा उपलब्धिस्तर ए प्राप्त गर्नेछन्। यी समूहका विद्यार्थीको उपलब्धिस्तरको व्याख्या अत्युत्तम हुनेछ। ७० र सोभन्दा माथि ८० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक ३.२ र अक्षरमा उपलब्धिस्तर बी प्लस कायम हुनेछ भने उपलब्धि स्तरको व्याख्या उत्कृष्ट कायम हुनेछ। ६० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक २.८ कायम हुने र अक्षरमा उपलब्धि बी हुनेछ भने उपलब्धिस्तरको व्याख्या उत्तम हुनेछ। ५० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.४ कायम हुने अक्षरमा उपलब्धि सी प्लस र उपलब्धिस्तरको व्याख्या सन्तोषजनक कायम हुनेछ। ४० र सोभन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.० हुने अक्षरमा उपलब्धिस्तर सी कायम हुने र उपलब्धिस्तरको व्याख्या ग्राह्य कायम हुनेछ। यसैगरी, ३५ र सोभन्दा माथि ४० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक १.६ हुने, अक्षरमा उपलब्धिस्तर डी र उपलब्धिस्तरको व्याख्या आधारभूत कायम गरिनेछ भने ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तर अवर्गीकृत गरिने अर्थात् फेल गरिने व्यवस्था नयाँ ग्रेडिङ प्रणालीले गरेको छ। ‘परीक्षा मूल्यांकनको नयाँ व्यवस्था अनुसार न्यूनतम सिकाइ नभएको विद्यार्थीले अर्को कक्षा चढ्न पाउने छैनन्,’ महानिर्देशक न्यौपानेले नागरिकसँग भने, ‘विगतमा नपढे पनि पास हुने, नपढाए पनि पास हुने अक्षराङ्कन प्रणालीको गलत बुझाइलाई नयाँ व्यवस्थाले दूर गरेको छ,’ उनले थपे, ‘विद्यार्थीको सिकाइस्तरको स्तरीयता कायम गर्न र अन्तर्राष्ट्रियस्तरमा समेत मानक कायम गर्न विद्यालय तहको शिक्षामा अक्षराङ्कन प्रणालीमा एकरूपता कायम गर्न नयाँ व्यवस्था कार्यन्वयन गरिएको हो।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न