Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

समूह चरणको खेलमा नेपाली महिला भलिबल टोली अपराजित

2021 Dec 28 3:37 PM 33

विज्ञापन

Birat Cancer Hospital
काठमाडाैं।साविक विजेता नेपाली महिला भलिबल टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगमा अपराजित रहने एक्लो टोली बनेको छ । एक खेलअघि नै फाइनल प्रवेश गरेको नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । ढाका मिरपुरस्थित साहिद इन्डोर रंगशालामा सम्पन्न एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले जितेको थियो । नेपालले दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २५–१४ ले आफ्नो पक्षमा पार्‍यो । कीर्गिस्तानले नेपाललाई कुनै पनि सेटमा चुनौती दिन सकेन । नेपालले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै किर्गिस्तानविरुद्ध तेस्रो सेट २५–१६ ले जित्यो । अब नेपालले मंगलबार राउन्ड रोविन लिगको उपविजेता उज्वेकिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालले दुई वर्षअघि बंगलादेशमै भएको पहिलो संस्करणमा माल्दिभ्सलाई फाइनलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक जितेको थियो । यसैबीच, उज्वेकिस्तानले सोमबार नै श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । लिग चरणमा अपराजित रहेको नेपालले पाँच खेलबाट सर्वाधिक १४ अंक जोड्यो । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो । समान ११ अंक नै रहे पनि सेटमा श्रीलंका पछि प¥यो । किर्गिस्तानले ६ अंक बनायो । माल्दिभ्स र बंगलादेशले एक जित पनि निकाल्न नसक्दा अंकविहीन रहे । राउन्ड रोविन लिगमा नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को कठिन जित निकालेको थियो । त्यसपछि खेलमा नेपाली महिला भलिबल टोलीले एक सेट पनि गुमाएन । नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो । श्रीलंका र किर्गिस्तानबीच तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा हुनेछ । २३ डिसेम्बरबाट सुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न