Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नयाँ सरकार... ?

2021 Dec 29 11:31 AM 33

विज्ञापन

Birat Cancer Hospital
एन्जु शिवाकोटी, विराटनगर ।  म एक गरिब परिवारको सामान्य खेती किसान गरेर जीविको पार्जन गर्ने एक कृषक हुँ । म दिनरात मेहनत गरेर सबैलाई बर्षभरी खान पुग्ने अन्न उत्पादन गर्छु । तर सबैका लागि अन्न उत्पादन गर्ने म कृषक दुई छाक खाना खान सक्ने कहिल्यै हुन सकिन । सबैलाई बर्ष भरी खान पुग्ने अन्न उत्पादन गर्ने म कृषकलाई दुई छाक खान नपुग्नु आफैमा एक गम्भिर विषय हो । मलाई आर्चय यस कुरामा लाग्छ कि म कृषि प्रधान देशको एक कृषक हुँ, जसले आजसम्म दुई छाक राम्रोसँग खान पाएको छैन । म मौन छु । मेरा आवाज सरकार सम्म कहिल्यै पुग्दैन । किनकी मैले भोको पेट बसेर सरकारको पेट टन्न भरिदिएको छु । मेरो सरकारको पेट खालि भए पो निन्द्रा नलागोस् उ नतमस्त भएर निदाएको छ । त्यसैले म जति चिच्याए पनि मेरा आवाज त्यहाँसम्म पुग्दैन । मलाई नत कहिल्यै गणतन्त्र आयो न त कहिल्लै लोकतन्त्र । सुन्दैछु नयाँ सरकार बन्दैछ अरे । जुन मैले बाल्यकाल देखि सुन्दै मेरा केस सेताम्य पारेको छु । गणतन्त्र आयो, लोकतन्त्र आयो, नयाँ सरकार बनिरयो । हरेक नयाँ सरकारले देशमा आफूलाई परिवर्तन ल्याउछौं, देशको विकास गछौं भनेको सुनियो । बजार झिलिमिलि भए, धुलाम्य हुने सडक चिल्ला पनि भए, गाँउका खरका छाना फेरीएर जस्ताका भए । सायद सरकारले ल्याएको आमुल परिवर्तन यहि होला ! तर सरकारले गरेको परिवर्तन भित्र म कहीँ आँटिन । मेरो अवस्था जस्तो थियो त्यस्तै छ । अझ भनु दिनप्रतिदिन महंगीले मेरो दैनिकी नाजुक बनाउदै छ । म दिनरात मेहनत गर्छु तर पनि म दुई गाँस खान कहिल्यै किन सक्दिन । के सरकारले ल्याउने विकासमा म अटाउन सक्दिन र ? न त समयमा विउ पाउन सकिन्छ न त मल नै । के सरकारले ल्याएको विकास यही हो ? समयमा न त विउ पाउन सकिन्छ नत मल नै । चर्को मुल्य तिरेर विउ मल बल्लतल्ल जुटाएर बालि लगाइन्छ तब सिचाइको समस्या आउछ । जसोतसो अन्न उत्पादन हुन्छ तर बजारमा मेरा उत्पादनले मोल पाउदैन । यही कुराले म रात दिन निदाउन सक्दिन सरकार ! तिमी नतमस्त भएर कोल्टे फेर्छौ । वाह ! जयजयकार गर्न मन लाग्छ सरकार तिम्रो । मेरो पसिना र मेहनतको मोलमलाई तिमीबाट हुन्छ । म त आफैले परिश्रम गरेर उब्जाएको अन्न आफै चर्को मुल्य तिरेर खान बाध्य छु । तिम्रो विकास यहि हो सरकार ? आज पनि बन्दै गरेको नयाँ सरकारको मुल एजेण्डा यहि देख्दा मलाई लज्जा महशुस हुन्छ । अब त बन्द गर देश र जनताको लागि भन्ने तिम्रा भाषण । जहाँ तिमी पुगेका छौं नेताज्यु त्यहाँ कोही राजनीतिज्ञ छैनन् । अपसोचको कुरा तिमीलाई जनतामारा राजनीति गर्न राम्रोसँग आउछ । काल माक्सको विचारमा चल्ने ए मेरो सरकार क्रान्ति सबैले गरेका छन् । फरक यति हो म मेरो पेटका लागि क्रान्ति गर्छु तिमी कुर्सिका लागि । क्रान्तिको कुरा गरिरहँदा सरकार बनि रहे लोकतन्त्र प्रजातन्त्र अरु केके तन्त्र आए नेपालमा तर हाम्रो अवस्था जस्ताको त्यस्तै छ । यी तन्त्रका नाममा हाम्रा छोराहरुको बलिमात्र चडाइयो । त्यति बेला पनि हामी एक छाक खान र आनन्दको निन्द्राको लागि पौठेजोरी खेल्दै थियाँै र आज पनि खेल्दै छौं । सरकास सम्म पुग्दा सदियौं देखि चल्दै आएको शासक र शोषित बीचको विभेद अन्त्यका लागि तिमीले पनि धेरै आवाज उठायौ होला तर जव सरकारमा पुग्यो तव तिमी आफै शासक बन्यौ । अप्रत्यक्ष रुपमा तिम्रो शासन म जस्ता लाखौं नेपाली म माथि तिम्रो शासन हावी छ । तर अझै पनि मेरो सरकार प्रति आश मरेको छैन । किनकी म आशावादी छु । म मल विउ समयमा पाउछु र मेरा अन्नले बजार पाउछ भन्ने आश नयाँ सरकारप्रति छ । मेरो आश, यो सोच आजको होइन पुर्खा देखिको हो । र यो मेरो सोच र आशलाई ममा नै सिमित गरोस मेरो नयाँ सरकारले किनकि मलाई मेरो पुर्खाले बनाएको आशावादी जस्तै मेरा सन्तान दरसन्तानले आस गर्नु नपरोस् । उनीहरु दुई छाक खाएर आरामको निन्द्रा निदाउन सकुन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न