Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जाडो मौसमको समस्याः कस्ता रोगको बढी जोखिम

2021 Dec 30 12:04 PM 23

विज्ञापन

Birat Cancer Hospital
जाडो मौसमको समस्याः कस्ता रोगको बढी जोखिम
एन्जु शिवाकोटी, विराटनगर । पुषको मध्य साता यता जाडो निकै बढेको छ । मौसम परिवत भई चिसो मौसमका कारण मानिसको शरीरलाई चिसो मौसम सहन गर्न गाह्रो हुन्छ । जसका कारण बिभिन्न प्रकारका रोगको जोखिम बढ्न जान्छ । हामीले विराटनगर अस्पतालकाका चिकित्सक डा.पुरु कोइरालासँग चिसो मौसमका कारण लाग्ने रोगका बारेमा फोन माफत कुराकानी गरेका थियो । डा. कोइरालासँग गरिएका कुराकानीलाई आधार बनाई तयार पारिएको एक रिपोर्ट । जाडो मौसममा खोकी, मौसमी फ्लू, जोर्नी दुख्ने, दम बढ्ने, हृदयघात जस्ता रोगले बढी संक्रमण गर्ने गर्छ । प्राय उमेर ढल्किदै गएका ५० बर्ष माथिका मानिसहरुलाई यस प्रकारका रोगले बढी संक्रमण गरेको पाइन्छ । हरेक बर्ष मौसम परिवर्तन हुने गर्छ । तर हाम्रो शरिरलाई बानी पर्न समय लाग्छ । यो समयमा हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन जान्छ । प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा भाइरस,व्याक्टेरियाहरु हाम्रो शरिरमा प्रवेश गर्छन् र रोग लाग्छ ।   जोर्नीको दुखाई : जाडो बढेसँगै कतिपयको जोर्नीको दुखाइ पनि बढ्न सुरु हुन्छ।चिसोको पारोसँगै दुखाइ पनि बढ्ने भएपछि बिरामीलाई चिसो समय नआइदिए जस्तो लाग्छ। बाहिरी तापमानमा उचावचढाव आएसँगै त्यसले मानिसको शरीरमा सिधै असर गर्छ। तापमानमा कमी आएका कारण जोर्नीहरूको नसा संकुचन हुन्छ र त्यस भागमा रगतको तापक्रम घट्छ।  जसका कारण जोर्नीहरू कडा र पीडादायी हुन्छन्। चिकित्सकका अनुसार चिसो मौसममा हाम्रो मुटुको वरिपरि रगतको तापमान कायम गर्नु आवश्यक हुन्छ।  रुघाखोकी :जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ । रुघाखोकीमात्रै होइन रुघाखोकीसँगै एलर्जी पनि हुन्छ । रुघाखोकीबाट बच्न बाटोमा हिँड्दा समेत धुलोबाट जोगिनेगरी मास्क लगाएर हिँड्नु पर्छ । साधारण खाले रुघा छ भने घरेलु उपायले नियन्त्रण गर्न सकिन्छ । भाइरलको संक्रमण फैलिएको बेलामा विद्यालयमा जाँदा र अन्यत्र हिँड्दा जोगिनु पर्छ । साधारण खाले रुघाखोकीलाई घरमै उपचार गर्न सकिन्छ । तर रुघाखोकीसँगै नाकबाट पहेलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या आउने, कानमा पनि समस्या छ भने होसियारी अपनाउनुपर्छ । किनकी नाक, कान र घाँटीले एक आपसमा असर पारिरहेका हुन्छन् । बालबालिकाको हकमा त अझै ध्यान दिनुपर्छ । श्वासप्रश्वास सम्बन्धि समस्या:   दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ ।  श्वास प्रश्वास सम्बन्धि रोग लाग्नुको मुख्य कारण वातावरण प्रदुषण, चुरोट बिडीको अधिकतम सेवन, चिसो जस्ता मुख्य कारण रहेको छ । साथै बढ्दो सवारी साधनको प्रयोगबाट निस्कने धुवाँ, धुलो तथा भूकम्पपछि भत्केका संरचनाहरुबाट निस्केका धुलोको कणहरु पनि अर्को कारण रहेको विज्ञहरुको भनाई छ । श्वास प्रश्वास सम्बन्धि रोगहरु दम, ब्रोङकाइटिस, न्युमोनिया, सि.ओ. पि.डि. आदि हुन । सुख्खा छाला: जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो । छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । जब बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ तब हाम्रो शरीरको ताप वातावरणले तान्न थाल्छ । यसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा छिन्न भइरहेको हुन्छ र छाला सुख्खा हुन्छ । यस्तोमा सबैभन्दा बढी एक्सपोज हुने भागहरू जस्तोः अनुहार हात लगायतका भाग बढी सुख्खा हुन्छन् । जाडो याममा केही सावधानी अपनाउने हो भने छाला सुख्खा हुनबाट जोगाउन सकिन्छ । जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ, खानपानमा विशेष ध्यान दिनुपर्छ,हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुन्छ, छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ, बडि सुख्खा भएमा मोइस्चराइजर क्रिम प्रयोग गर्न सकिन्छ। मुटु सम्बन्धि समस्या : कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयाघात हुन्छ । समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेशी मरेर जान्छ । यस्तो भएमा असर परेको मुटुको उक्त भागले काम गर्न छाड्छ र मुटु सधैंका लागि कमजोर हुन जान्छ । हृदयघात चिसो समयमा देखिने जटिल तथा प्राणघातक रोग हो। हार्डवर्ड मेडिकल स्कुलको अनुसार चिसोले रागतका नसा खुम्चने तथा साङ्गुरो हुने गर्दछ जसले गर्दा हृदयाघातको जोखिमलाई बडाउछ। हृदयाघातबाट बच्न चिसोबाट बच्ने,तौल नियन्त्रण गर्ने, चिल्लो बोसो भएको खानेकुरा नखाने, नियमित शारीरिक ब्यायाम गर्ने गर्नु पर्दछ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?