Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

इन्टरनेटको प्रयोग आजको आवश्यकता

2022 Jan 4 1:41 PM 30

विज्ञापन

Birat Cancer Hospital
एन्जु शिवाकोटी । आजको समय सुचना र प्रविधिको हो । इन्टरनेट आजका दिनमा सबैलाई अतिआवश्यक प्रविधि बनिसकेको छ । कोरोना भाइरस महामारीको कारण अझ बढी लोकप्रिय बन्दै गएको छ इन्टरनेट सेवा । अनलाइन पढाई, अनलाइन व्यापार व्यवसाय अनलाइन सपिङ्गदेखि अनलाइन भुक्तानी समेतका लागि इन्टरनेटको प्रयोगकर्ता बढिरहेको पाइन्छ । पानीको महशुल, टेलिफोनको महशुल, विद्युत्त महशुल जस्ता कार्यहरु घरमै बसेर इन्टरनेटको माध्यमद्धारा अनलाइन कारोबार गर्न सकिन्छ । कोरोना महामारीले गर्दा आजको दिनमा मानिसहरु बाहिर भिड्भाडमा जान चाहाँदैनन् तयसैले आफ्नो दैनिकी आवश्यकता परिपूर्तिको लागि पनि अनलाइन् मार्फत गर्ने गर्छन् । जसले गर्दा इन्टरनेट मानिसहरुका लागि नभइनहुने प्रविधि बनिरहेको छ । आज सबैको हात हातमा मोबाइल छ । इन्टरनेटको माध्यमबाट घरबाटै एउटा मोबाइलको भरमा आफ्ना दैनिकी काम गर्न सहज बनेको छ । व्यवसायिक दृष्टिकोणले हेर्दा पनि अनलाइन कम्पनिहरुहरु थुप्रै खुलेका छन् । घरमै बसेर करोडौंको कारोबार सहज तरिकाबाट भइरहेको छ । एकै ठाउँमा बसेर संसार भरका खबर हेर्न र सुन्न सक्छौं । साँच्चै भन्ने हो भने संसार साँघुरो हुँदै जाँदै छ । घरमै बसेर देश तथा विदेशका मान्छेसँग कुराकानी गर्न तथा व्यापार गर्न इन्टरनेटले राम्रो भुमिका खेलेको छ । सबै काम सहज रुपमा गर्न सकिने भएका कारण अनलाइन माध्यम लोकप्रिय बन्दै गएको हो । जति प्रविधिको विकास हुदै गयो जति सहज वातावरण बन्दै गयो त्यती नै दुरी मानिसबाट मानिसका बढ्दै गयो । एक्लै रमाउन थालेका छन् आजभोली मानिसहरु । साथिभाई आफन्तभन्दा नजिकको र विश्वसनिय बन्दै गएको छ इन्टरनेट । एउटै छानामुनि बसेर पनि टाढा छन् आजभोलिका मानिसहरु । कोही साथिभाई धेरै पछि भेट हुदाँ भन्द बन्द कोठामा बसेर इन्टरनेट चलाउन पाउँदा खुसी हुन्छन् । कोहीसँग बोल्ने फुर्दस मिल्दैन जब मोबाइल तथा कम्युटर अगाडी बसेर इन्टरनेट चलाइरहेका छन् । सामाजिक सञ्जाल यसको प्रमुख कारण बन्दै गएको छ । मानिसलाई एक प्रकारको लत बनिसक्यो सामाजिक सञ्जाल चलाउने । फेसबुक,टुइटर,इस्टाग्राम,टिकटक जस्ता कुनैन कुनै सामाजिक सञ्जालमा मानिसहरु सक्रिय भएकै देखिन्छ । जसमध्य हाल टिकटक अझ लोकप्रिय बनेको छ । मानिसहरुले आफ्नो कलालाई प्रस्तुत गर्न सक्ने राम्रो स्थान बनेको छ टिकटक । तर यहि सामाजिक सञ्जालका कारण साइबर क्राइम बढ्दै गएको छ । बदलाको भावनाले चरित्र हत्या गर्न गोपनियता भङ्ग गरेर कसैको जीवनलाई आत्मा हत्यासम्मको बाटोमा डोहो¥याउन मद्दत गर्दैछ इन्टरनेटले । आजको समयमा इन्टरनेटको प्रयोगले व्यापार व्यवसायदेखि दैनिक जीवन गुजारा गर्नसम्म सहज बनाइ रहेको छ भने दिन प्रतिदिन यसको दुरुपयोग हुँदा अपराधिक क्रियाकलाप बढ्दै गएको छ । इन्टरनेट चलाउनु एक लत बनेको छ आज । जसले कालान्तरमा गएर नराम्रो असर पार्न सक्छ । आवश्यक कामको लागि मात्र इन्टरनेटको प्रयोग गरौं । सबैले इन्टरनेटको सहि सदुपयोग गरौं । किनकी इन्टरनेटको प्रयोग विकृती होइन तर उचित प्रयोग गर्न जरुरी छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न