Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

घरेलु मदिरा उत्पादन अपराध कसरी ?

2022 Jan 4 4:12 PM 20

विज्ञापन

Birat Cancer Hospital
एन्जु शिवाकोटी । आज डोटिमा १ सय ७० लिटर घरेलु मरिदा बरामत गरी नष्ट गरिएको राससले प्रकाशित गरेको समाचार पढे । मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कार लगायतका जघन्य आपाधिक घटना बृद्घि भएको, शान्तिसुरक्षामा असर पारेको र एकआपसमा दोन्द्व सृजना भई समुदायमा नकारात्मक असर पार्ने भएकाले जिल्ला प्रहरी कार्यालयको मातहतका प्रहरीचौकीले घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरिएको समाचारमा लेखिएको थियो । म यस कुरामा सहमत छु की मरिदा समाजमा विकृती ल्याउने मुख्य कारक तत्व हो । तर यस कुरामा मेरो सहमति छैन की कसरी घरेलु मदिरा मात्र विकृतिको कारक तत्व बन्यो ? के मदिरा उत्पादन गर्ने ठूला ठूला उद्योगहरुले विकृती ल्याउदैनन् त ? घरेलु मदिरा नष्ट गर्ने अभिया चलाउदा किन मदिरा उत्पादन गर्ने उद्योग बन्द गर्ने अभियान चल्न सकेनन् ? एउटा सामान्य रुपमा दुई छाक खानको लागि जीविकोपार्जनका लागि मात्र घरेलु मदिरा उत्पाद गर्ने समाजका ती व्यक्तिहरु अपराधी भए भनी कारखान खोलेर भारी मात्रामा मदिरा उत्पादन गर्ने व्यक्तिहरु समाजका गन्यमान्य उद्यमी कसरी भए ? नेपालको कानुन दैवले जानुन भन्ने उखानले यथार्तबोध गराएको छ । जो सँग पैसा छ त्यसकै समाजमा नाम उसले गरेका हरेक नराम्रा काम पनि राम्रा हुने वाह मेरो समाज ! सायद कानुन बनेको समाजका ठूलाठालू भनौदा सजन अपराधीहरुकै लागि हो । गरिवले त कडा मेहनत गरेर दुई छाक खानु पनि अपराध हो । जुन हरेक दिन उसले सजाय भोग्नु पर्छ । उसधै डर त्रासका विच दिन रातको बेइज्जत र अपमान भएर बाँच्न छ । धनी भनाउदाहरुले पैसा तिरेर आफ्नो इज्जत किनेको छ । पैसा कै भरमा कानुन उसको हातमा छ । गरिब सधै ठूला भनौदा धनी मानिसको पैताला मुनी दविएर शास रोकिरोकी शास फेरी रहेका छन् । मेरो अरु भन्नु केही छैन । जय जय होस् नेपालको कानुनको ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?