Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नोबेल शिक्षण अस्पतालका सञ्चलकलाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश

2022 Jan 6 3:36 PM 40

विज्ञापन

Birat Cancer Hospital
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मालाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश दिएको छ । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको आरोपमा मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई यस्तो निर्देशन दिएको हो । शिक्षण अस्पतालहरुले तोकिएको भन्दा ३५ देखि ४० लाख रुपैयाँसम्म बढी शुल्क लिएपछि आयोगले  विराटनगरको नोबेल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टिकरण सोधेको थियो । स्पष्टीकरणमा  शिक्षण अस्पतालले आयोगद्वारा निर्धारित शुल्क मात्र लिने प्रतिबद्धता जनाएको  थियो  । तर, नोबेलले बढी शुल्क लिन नछाडेपछि  विद्यार्थीहरुको उजुरीको आधारमा बुधबार गृह मन्त्रालयले सञ्चालक शर्मालाई पक्राउ गरि प्रचलित कानुन अनुसार कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । गृहबाट पत्र आएको बिषयलाई पुष्टि गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बिहीबार घटना सम्बन्धमा विस्तृत अनुसन्धान गरिने बताए । अनुसन्धानको क्रममा सञ्चालक शर्मा दोषी देखिए उनीमाथि ठगी मुद्दामा कारबाही अघि बढाईने उनले  जानकारी दिए । चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ । यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबिबिएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्डौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्ट्रेशन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरुले बताएका छन् । कलेजले भने अनुसारको पैसा नतिर्ने विद्यार्थीहरुलाई पठनपाठनबाट समेत बञ्चित गराउने गरिएको उनीहरुको भनाई छ । नोबेलमा एमबिबिएस अध्ययन गर्ने १०० जना विद्यार्थीहरु छन् । जसमध्ये हाल २७ जनाले मात्र कलेज भनेको सबै शुल्क भुक्तानी गरेका छन् । उनीहरुले नियमित कक्षा समेत लिईरहेका छन् । तर, मनोमानी ढङ्गबाट निर्धारण गरिएको उक्त अतिरिक्त शुल्क तिर्न नसक्ने विद्यार्थी हाल पठनपाठनबाट बञ्चित छन् । मङ्सिर १९ गतेदेखि नियमित पठनपाठन सुरु भईसकेको भएपनि कलेजले उनीहरुलाई कक्षाकोठामा प्रवेश दिएको छैन् । त्यसयता एमबिबिएस अध्ययनरत बाँकी ७३ जना विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा छन् । आन्दोलनकै क्रममा बुधबार विद्यार्थीहरुले अस्पताल प्रशासनमा अनिश्चितकालीन तालाबन्दी र चर्को नाराबाजी समेत गरेका छन् । विद्यार्थीहरुको आन्दोलनप्रति मोरङका संयुक्त विद्यार्थी संगठनले समर्थन जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला