Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

४८ जना प्राविधिक प्रहरी जवानहरु दिक्षित

2022 Jan 6 3:47 PM 19

विज्ञापन

Birat Cancer Hospital
४८ जना प्राविधिक प्रहरी जवानहरु दिक्षित

विराटनगर । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको आधारभुत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । बिहिवार बिहान तालिम केन्द्रको खेल मैदानमा एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । २०७८ भाद्र  २७ गते देखी संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समुहको ९० कार्य दिनको आधारभुत तालिम पौष २२ गते सम्म संचालन भएको थियो । दिक्षान्त समारोहमा तालिम केन्द्रका प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई ९० कार्य दिनको तालिम अवधिमा प्रशिक्षार्थीहरुलाई नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, बिद्यामान कानुन र सूचना प्रबिधि लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराउनु भएको थियो ।pastedimage-5

दिक्षान्त समारोहमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर का समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरीले प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम सफत ग्रहण गराउनुका साथै दिक्षित भई जाने प्रहरी जवानहरुले तालिम अवधीमा सिकेका ज्ञान र शिपको कार्य क्षेत्रमा अक्षरस पालना  गरेमा नेपाल प्रहरीको चुनौतिको बिषय रहेको अपराध अनुसन्धानमा थप टेवा पुग्ने बिश्वाश ब्यक्त गर्नु भई दिक्षित भई जाने प्रहरी जवानहरुलाइ कार्यक्षेत्रको सफलताको शुभकामना समेत दिनु भएको छ ।

उक्त तालिमका प्रशिक्षार्थीहरु मध्ये सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी जवानलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गर्नु भएको थियो । प्रमुख अतिथिले  कोभिड -१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दिक्षित प्रहरीका परिवारजनहरुमा आभार प्रकट गर्नु भएको छ । साथै वहाँले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका  साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन दिनु भएको छ ।

 दिक्षान्त समरोहमा प्रमुख अतिथि लगायत प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु तथा प्रहरी निरीक्षकहरुका साथै अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?