Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शिक्षक तथा विद्यार्थीमा कोरना पुष्टि भएपछि दाङमा विद्यालय एक हप्ताका लागि बन्द

2022 Jan 6 4:56 PM 17

विज्ञापन

Birat Cancer Hospital
शिक्षक तथा विद्यार्थीमा कोरना  पुष्टि भएपछि दाङमा विद्यालय एक हप्ताका लागि बन्द
 दाङ । दाङको तुल्सीपुरका तीन विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तुल्सीपुर– ८ स्थित अस्वारा मावि, तुल्सीपुर– ६ स्थित राप्ती बाल एकेडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो। तुल्सीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य  निरीक्षक विमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवणमा ६ विद्यार्थी तथा पाँच शिक्षकमा संक्रमण पुष्टि भएको छ। त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविकी एक शिक्षिकामा संक्रमण पुष्टि भएको छ। उनीहरूलाई ‘ओमिक्रोन’ भएको हो वा होइन भनी परीक्षणका लागि टेकुमा पठाइएको र आइतबार रिपोर्ट आइपुग्ने केसीको भनाइ छ। विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा मावि एक हप्ताका लागि बन्द गरिएको छ। पछिल्लो समय शिक्षक र विद्यार्थीमा संक्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको उनले बताए। ‘विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ,’ जनस्वास्थ्य  निरीक्षक  केसीले भने, ‘यसले  स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ।’ केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। मेट्रो अस्पतालका ६ स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको उनले जानकारी दिए । साथै उपमहानगरपालिकाका दुई कर्मचारीमा पनि कोरोना देखिएको छ। प्रायः कोही भारतबाट आएका हुन् भने कोही पोखरा, काठमाडौंंलगायतका स्थानमा ‘टुर’ गएर आएका रहेका निरीक्षक केसीले बताए। रासस

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?