लामो समय गृहयुद्ध भोगेको कम्बोडियामा अहिले पनि जमिनमूनि गाडिएका बिस्फोटक पदार्थले थुप्रै मानिसको ज्यान लिने गरेका छन्। युद्धका समयमा गाडिएका ल्यान्डमाइन बिस्फोट हुँदा हजारौं मानिस अंगभंग भएका छन्। कम्बोडियाको जमिनमूनि रहेका बिस्फोटक पदार्थ पत्ता लगाउन मागावाले पाँच वर्ष काम गरेको थियो। यो अवधिमा उसले २४ लाख स्क्वायर फिट जमिनमा बिस्फोटक पदार्थ भए/नभएको खोजेको थियो। उक्त जमिनमा ७१ ठाउँमा ल्यान्डमाइन भेटिएका थिए।
मागावाको कामको सम्मानमा बेलायतको पशुपन्छीसम्बन्धी काम गर्ने संस्था पिडिएसएले सन् २०२० मा गोल्ड मेडल नै दियो। उक्त संस्थाले ७७ वर्षदेखि विभिन्न पशुपन्छीलाई अवार्ड दिँदै आएको छ। पिडिएसएको गोल्ड मेडल पाउने मागावा पहिलो मुसा हो।
मागावा गत वर्ष जुनमा कामबाट अवकाश भएको थियो। उसले गरेको कामको सम्मानमा उसलाई ‘हिरोर्याट’ उपनाम दिइएको थियो। अवकाशपछि पनि मागावा स्वस्थ नै थियो तर गत शनिबारदेखि उसको स्वास्थ्यमा समस्या आएको थियो।
युद्धग्रस्त र युद्धबाट तंग्रिएका क्षेत्रमा ठूलो मात्रामा जमिनमूनि बिस्फोटक पदार्थ भेटिने गरेका छन्। तर ठूलो भू-भागमा बिस्फोटक पदार्थ भए/नभएको पत्ता लगाउनु निकै कठिन काम हो। अनुसन्धानकर्ताहरूले त्यस्ता बिस्फोटक पदार्थ पत्ता लगाउन छिटो दौडिन सक्ने र सुँघ्ने क्षमता निकै बलियो भएका मुसालाई प्रयोग गर्न सकिने विधि पत्ता लगाएका थिए।
मागावालाई एपिओपिओ नामक संस्थाले तान्जेनियामा ल्यान्डमाइन पत्ता लगाउने तालिम दिएको थियो। ल्यान्डमाइन पत्ता लगाएबापत मुसालाई मन पर्ने खानेकुरा दिने लगायत विधि अपनाएर तालिम दिइन्छ। मुसाहरूले आधा घन्टामा दुई सय स्क्वायर फिटसम्म जमिन स्क्यान गर्न सक्छन् त्यही काम गर्न मानिसलाई चार दिनसम्म लाग्न सक्छ। मागावाको निधनमा एपिओपिओले गहिरो दु:ख व्यक्त गरेको छ।
सेतोपाटी
गोल्ड मेडल पाएको मुसाको मृत्युको संसारभर चर्चा

ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1