मोरङ। मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका-३ का ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी -१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३-०१-०२५ च ९७५० नम्बरको कार हराएको भनि ईलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया निबेदन दिएकोमा खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैचा नगरपालिका-७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो । कार फेला परे संगै उक्त कारमा रहेका बेलबारी नगरपालिका-३ का ३६ बर्षीय सुरज गुरुङ , केरावारी -१० का २५ बर्षीय तेज कुमार मगर र केराबारी-७ का २६ बर्षीय नगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिई उक्त कार चेकजाँच गर्ने क्रममा लागुऔषध डाइजेपाम ११ एम्पुल , एभिल ९ एम्पुल, फेरागन १० एम्पुल , र लुपिगेसिक१० एम्पुल गरि जम्मा ४० एम्पुल बरामद भएको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
कार चोरीमा संग्लग्न रहेका ३ जना लागुऔषध सहित पक्राउ
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
