Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालले ल्यायो जोर्नी प्रत्यारोपण उपचार सेवा

2022 Feb 22 3:05 PM 3

विज्ञापन

Biratkhavar
प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालले ल्यायो जोर्नी प्रत्यारोपण उपचार सेवा
विराटनगर । विराटनगर महानगरपालिका १० स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियल अस्पताल हाडजोर्नी सम्बन्धि विरामीहरुको लागि उत्कृष्ट अस्पतालको रुपमा चिनिदै आएको छ । यस न्यूरो अस्पताल सडक दुर्घटनामा परी घाइते भएका विरामीहरुको लागि एक भरपर्दो गन्तव्यको रुपमा पर्दै आएको छ । विराटनगरको सबै अस्पताल मध्य सबैभन्दा बढी हाडजोर्नी सम्बन्धि विरामीहरुको पहिलो रोजाइमा यस अस्पताल पर्न सफल भएको छ । अत्याधुनीक उपकरण र अनुभवि वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सकहरुबाट सवल तथा सुरक्षित रुपमा राम्रो सेवा प्रदान गर्दै आएका कारण सबैको रोजाइमा न्यूरो अस्पताल पर्न गएको हो । केही समय यता यस अस्पतालले विरामीहरुको उपचारको लागि जोर्नी प्रत्यारोप उपचार सञ्चालनमा ल्याएकोे छ । प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपिक शल्यक्रिया दुरबिनको मध्यमबाट गरिन सुरु गरेको छ । काँधको शल्यक्रिया काठमाण्डौं र विदेशतिर मात्र हुने गरेको थियो । प्रदेश १ मा पहिलो पटक न्युरोमा उपचार सुरु भएको अस्पतालले जनाएको छ । यस्तै न्यूरोमा अर्थोस्कोपिक प्रविधीबाट, हाडजार्नी सम्बन्धी उपचार, मेरुदण्ड शलयक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) को हुने गरेको छ । जोर्नी प्रत्यारोपण सम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. नवीनकुमार कर्णले बताए । ‘दुरबिनको माध्यमबाट गरिने काँधको शल्यक्रिया यो भर्खरै सुरु गरिएको सेवा हो । यो विराटनगरमा नयाँ हो । यो दुई थरीको हुन्छ । कसैलाई चोट लागेर काँधको जोर्नी खुस्किन्छ । यसरी जोर्नी खुस्कियो भने तानेर ल्याउँछौं । दुइ वा दुई भन्दा बढी पटक खुस्कियो भने दुरबिनको माध्यमबाट शल्यक्रिया गरिन्छ । त्यसलाई दुरबिनबाट ठाउँमा सेट गरिन्छ र ठिक हुन्छ,’ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. कर्णले भने, ‘अर्को भनेको उमेर बढदै गयो भने सोल्जरको मसल्स च्यातिने हुन्छ । त्यसलाई पनि दुरबिनको माध्यमबाट शल्यक्रिया गरिन्छ ।’अहिले काँधमा समस्या भएपछि यसको शल्यक्रिया गराउन आउने विरामी पनि बढेको डा. कर्णले बताए । ‘सुरुवाती चरणमा ६ महिनामा एक पटक एक जनाको काँधको शल्यक्रिया हुने गरेको थियो । अहिले महिनामा एक जना विरामी आउने गरेका छन् । सचेतना र विरामीको सफल उपचार भएपछि यस रोगका विरामी पनि आउने गरेका छन्,’ उनले भने, ‘यसअघि काँधको शल्यक्रिया गराउन काठण्डमौ वा भारतलगायतका विभिन्न देश जानुपर्ने अवस्था थियो । न्यूरोमा प्रविधिको माध्यमबाट शल्यक्रिया सुरु भएपछि विदेश जानुपर्ने बाध्यता पनि अब हटेको छ ।’न्युरो अस्पतालमा घुँडाको प्रत्यारोपण हुन थालेपछि हालसम्म २७ वटा गरिएको छ । ६ जनाको दुवै घुँडाको शल्यक्रिया गरिएको छ । घुँडा प्रत्यारोपणका लागि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको उनले बताए । चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित जोइन्ट इम्प्लान्ट राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्या आउने गरेको बताउँदै चिकित्सक कर्णले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु