Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राजनीति भित्रको फोहोर खेल

2022 Feb 24 2:14 PM 11

विज्ञापन

Birat Cancer Hospital
राजनीति भित्रको फोहोर खेल
एन्जु शिवाकोटी । नेपाली जनताले राणा शासकविरुद्घ लामो समय सम्म संघष गरेपछि २००७ सालमा राजा र प्रजा मिलेर प्रजातन्त्र स्थापना गर्न सफल भएका थिए । पञ्चायत कालमा सक्रिय रुपमा राजतन्त्र रहयो त्यसपछि २०४६ सालमा फेरी माओवादी जनआन्दोलन सुरु भयो र मुलुक राजनैतिक अस्थिरताको चपेटामा पर्दै गयो । र ०६२÷०६३ को दोस्रो जनआन्दोलन पछि लोकतन्त्र गणतन्त्र हुँदै आज नेपाल संघिय गणतन्त्रको रुपमा अगाडी बढी रहेको छ । राणा शासन देखि आजको संघिय गणतन्त्र नेपाल सम्म आइपुग्दा नेपालका कति सन्तानहरुले आफ्नो बलिदान दिए त्यसको लेखाजोखा कोही सैग छैन् । कति परिवार बेघर भए । कति आमाका कोख रितिए त कति चेलिका सिन्दुर पुछिए । ती बलिदानी नेपालिले ज्यान बलि दिएर बनेको आजको नेपमलको अवस्था राणा शासन भन्दा बतर बन्दै जानु आफैमा लज्जास्पद कुरो हो । आज राजनीति फोहोर बन्दै गएको छ जसले नेपाली समाज कता जादैछ त्यसको हेतु कुनै राजनीतिज्ञसँग यसको जवाफ छैन । अझ भनौं यहाँ आजको दिनलाई हेर्दा राजनीतिज्ञ हैन नेता मात्र देखिन्छन् । जसलाई असलमा राजनीतिको परिभाषा नै ज्ञात छैन भन्दा फरक नपर्ला । संघिय नेपालमा संघिता व्यवस्थापन गर्न चुनौति बन्नु बलिदानी सहिदलाई गिज्याउनु सरह भएको छ । धेरै क्रान्ति पछि पनि नेपालि समाज परिवर्तन हुन सकेको छैन् । झन भन्दा झन विकराल रुप लिदैछ समाजले । नेपाली जनता अझै पनि गरिविकी चपेटामा पिरोलिरहेका छन् । आम जनताले चाहेको संघिय नेपाल यो होइन् । नेपालीले रोजगारी चाहेको छ सुख समृद्घि चाहेको छ । आजको राजनीति भ्रष्ट बन्दै गएको छ । नेताहरुलाई समाज र नेपाली जनताको चिन्ता छैन । चिन्ता छ त केवल सत्ताको । यदी चिन्ता सत्ताको होइन भने संघिय नेपाल कनेको दिन देखि हरेक पार्टीका एउटै एजेण्डा कसरी भए ? यतिका बर्षमा पनि किन एजेण्डा परिवर्तन हुन सकेनन् । खाली उच्च शिक्षाको कुरा हुन्छ । गरिबी निवारणको कुरा हुन्छ । राम्रा सडकको कुरा हुन्छ । रोजगारिको कुरा हुन्छ । तर फगत कुरामा नै सिमित किन हुन्छ ? किन सडक बन्न सकेन । बनि हाल्यो भनि पनि एक बर्ष सम्म पनि टिक्दैन किन ? यहाँ गम्भिर रुपमा मनन गर्नुपर्ने कुरा छ । यदि नेपाली जाताले चाहेको सबै भयो । रोजगारी मिल्या,े उच्च शिक्षा मिल्यो, गरिबी निवारण भयो, देश समृद्घ भयो भनि पार्टीको एजेण्डा के राख्ने र नेपाली जनतालाई के भनेर आफ्नो पक्षमा पार्ने त ? भनिन्छ नेपाली कतिपय जनता एक छाक मासु भातमा आफ्नो अमुल्य भोट दिएर गलत प्रतिनिधि चयन गर्छन् अनि सरकार भएन भनेर गुनासो गर्छन भन्ने गरिन्छ । तर वास्तवमा नेपाली आम सर्वसाधारण जनता राणा कालमा पनि मौन नै थिए आज पनि मौन नै छन् । उनीहरुलाई त केवल आफ्नो भोको पेटको चिन्ता छ । साचै भन्ने हो चनी सडकमा गएर आन्दोलन गर्दै कुनै कुराको पनि विरोध गर्दैनन् । किनकी म फेरी पनि भन्छु उनिहरुलाई आफ्नो भोको पेटको चिन्ता छ । वास्तविक आम जातालाई न त राजनिति थाहाँ छ न त भोटको महत्व । सडमा उत्रिने, हरेक कुरामा विरोध जनाउने पार्टीका झोले नेताहरु हुन । जुन विपक्ष पार्टीलाई कमजोर देखाएर आफू महान हुन चाहन्छन् । होला ठूलो जमातले आन्दोलन गरिरहेको होस् तर त्यहाँ पुगर विरोध गरिरहेको एक आम सर्वसाधारणलाई गएर सोधनुस् ‘तपाई केका लागि आन्दोल गर्दै हुनुहुन्छ ?’ उसको जवाफ हुन्छ – ‘थाहा छैन ।’ यो कुरा म ठोकुवा दिएर भन्न सक्छु की उसलाई केही थाहा छैन । उसलाई त्यहाँ एक छाक खानाको लोभ यात केही पैसा दिएर ल्याइएको हुन्छ । उसले त्यहाँ आन्दोलन देख्दैन देख्छ त केवल भाको पेट । म बारबार यहि भन्छु की उसलाई त केवल भोको पेटको चिन्ता छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो