Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निर्वाचन आयोग एमाले बिरुद्ध छ, मतपेटिकालाई आँखाबाट ओझेल हुन दिनुहुन्न : ओली

2022 Mar 21 1:54 PM 32

विज्ञापन

Birat Cancer Hospital
निर्वाचन आयोग एमाले बिरुद्ध छ, मतपेटिकालाई आँखाबाट ओझेल हुन दिनुहुन्न : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र पाँच दलीय सत्ता गठबन्धनबीच साँठगाठ भएको आरोप लगाएका छन्। पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो पार्टी विभाजन गर्न सभामुखले र निर्वाचन आयोग पनि लागेको प्रष्ट देखियो। अरूको चाहिँ व्यक्ति गरेको कारवाही सभामुखले सूचना टाँसेको छ। हाम्रो केन्द्रित कमिटीको निर्णयलाई चाहिँ सभामुखले लम्ब्याउने र उतातिर निर्वाचन आयोगको दल दर्ताको हतारो।’ पार्टी विभाजन गर्नको लागि निर्वाचन आयोगले सत्ता गठबन्धनमा भित्रभित्र कुरा मिलाएको प्रष्ट देखिएको उनको भनाइ छ। निर्वाचन आयोगले स्वेच्छाचारी ढंगले मतपत्रको रङ परिर्वतन गरेको आरोप लगाए। ओलीले भने, ‘दलहरूसँग परामर्श गर्नुपर्छ। रङ परिवर्तन किन भयो? कस्तो स्वेच्छाचारिता निर्वाचन आयोगले गठबन्धनसँगको छलफलमै गरेको हो। रङको कारणले कन्फ्युज भयो रे। रङ बदलेर हरियो किन राख्ने? हरियो रुख नै किन राख्ने? अरुको चाहि नमिल्ने रहेछ क्यारे। सूर्य कसरी हरियो हुन्छ। हामीलाई रातो बनाइदेऊ न त्यसो भयो।’ निर्वाचन आयोगको क्रियाकलाप भरतपुर र सिरहा काण्ड जस्तै देखिने शंका उत्पन्न भएको बताए। ‘हामी निर्वाचनको तयारीमा जाँदैछौँ। हामीले मतपेटिका आँखाबाट ओझेल पार्न दिँदैनौँ। हाम्रो आँखा अगाडि मत हाल्नुपर्छ। मतपेटिकाे सुरक्षा हुनुपर्छ। मतगणना नभएसम्म हामी छाड्दैनौँ’ ओलीको भनाइ छ। उनले निर्वाचन आयोगको आचारसंहिता माथि पनि प्रश्न उठाएका छन्। ओलीले भने, ‘मनोनयनसँगै जनप्रतिनिधिले राजीनामा दिनुपर्छ भन्ने कुरा कुनै पनि हिसाबले औचित्यपूर्ण छैन। कार्यकारिणी पद रिक्त राखेर जनताको सेवा गर्न सकिँदैन। केन्द्र र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर, स्थानीय तहमा राजीनामा गर्नुपर्ने किन? गर्नुपर्ने? निर्वाचन सार्नको लागि प्रयास भइरहेका आरोप लगाए।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न