Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

माधब नेपालले बहिनी ज्वाई राजदुत, सम्धिलाई कानुन मन्त्रि र सर्बोच्चका न्यायधीसलाई दबान दिने

2022 Apr 8 3:35 PM 13

विज्ञापन

Birat Cancer Hospital
माधब नेपालले बहिनी ज्वाई राजदुत, सम्धिलाई कानुन मन्त्रि र सर्बोच्चका न्यायधीसलाई दबान दिने

बिराटनगर । परमादेश सरकारले नेकपा एकीकृत समाजवादी पार्टीनिकट अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइरालालाई कानुन मन्त्रीमा नियुक्ती गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धि शोमप्रसाद पाण्डेका साढुभाई गैरसांसद अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरिएको हो । पार्टीभित्र नेताहरुको चर्को विरोधका बाबजुद बन्दिलाई मन्त्री बनाउन नेपालले नियुक्तिका लागि सिफारिस गरेका हुन् । आजै माधव नेपालले बहिनी ज्वाई कैलाशराज पोखरेललाई अस्ट्रेलियाको राजदूत नियुक्त गर्ने तयारी छ । बन्दीलाई पार्टी कानुन विभाग प्रमुख बनाउदा समेत चर्को आलोचना खेपिरहेका थिए । तर पार्टीको कानु विभाग प्रमुख बनाएरै छाडे । नेकपा एकीकृत समाजवादी पार्टी भित्र अध्यक्ष नेपाल परिवारबाद मा लिप्त भएको भन्दै चौतर्फी आलोचना भैरहेको छ । नेकपा एसका एक नेताले भने आदर्शका कुरा गर्ने पार्टी अध्यक्ष परिबारबाट बाहिर निस्किन सक्नु भएन यसरी पार्टीमा समस्या सिर्जना हुन्छ । पटक(पटक हामीले खबरदारी गर्दा पनि उहाँ पछि हट्नु भएन । यस्ता प्रबृतीले पार्टीमा दुर्घटना निम्त्याउन सक्छ उनले भने । यति बेला नेकपा एसका १४ सांसदको मुद्दा र संबैधानिक नियुक्ति सम्बन्धि मुद्दा अदालतमा विचाराधिन छन् । बन्दीलाई कानुन मन्त्री बनाएर कानुन मन्त्री मार्फत अदालतलाई दवावमा पार्ने बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरिएको स्रोतले जानकारी दियो । “बन्दी” गैरसांसद हुन् । उनी नेपालको संविधान २०७२ अनुसार ६ महिना मन्त्री बन्ने छन् । बन्दीलाई राष्ट्रिय सभामा रिक्त एक सिटमा मनोनित गर्न समेत नेपालले दबाब दिदै आएका छन् ।

अधिवक्ता गोविन्द बन्दी परमादेश सरकार बनाउन र नेपाल बार एशोसियसनको आन्दोलन र बार निर्वाचनमा गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेकाले पनि तीनवटै दलको सहमतिमा कानून मन्त्री बनाइएको राजनीतिक विश्लेषकहरूले दाबी गर्दै आएका छन । कानून मन्त्री दिलेन्द्र प्रसाद बडुलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । लामो समयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्री नियुक्ति हुन सकेको थिएन । संविधानको धारा ७८÷ ९१० अनुसार, प्रधानमन्त्रीको सिफारिसमा गैरसांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । तर, यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुने व्यवस्था संविधानमा रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो