Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमालेबाट प्रदश १ मा एक दर्जन भन्दा बढी महिला पालिका प्रमुख उम्मेदवार

2022 Apr 24 1:26 PM 41

विज्ञापन

Birat Cancer Hospital
एमालेबाट प्रदश १ मा एक दर्जन भन्दा बढी महिला पालिका प्रमुख उम्मेदवार

बिराटनगर । स्थानीय चुनाबमा एमाले पाटीले मात्र स्थानीय पालिकाहरुमा एक दर्जन महिलाहरुलाई प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ । एमालेले प्रदेश १ का १३७ वटा पालिका मध्ये नौ वटामा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएर देशमै महिला मैत्री पाटीको दर्जामा राखेको छ । गठबन्धनको नाममा महिला उपबाट समेत हराउने अबस्था आएको भन्दै अन्य पाटीका महिला नेत्रीहरु सडकको आन्दोलन गर्न थालेका छन् । नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका प्रचार बिभाग प्रमुख माननिय क. घनश्याम खतिवडाले प्रदेश १ को एक उपमहानगर, तीन नगर र चारवटा गाउँपालिका गरी ९ वटा स्थानीय तहको नेतृत्व गर्ने अवसर महिलाले पाएको बताए । उनले झापा, मोरङ, ओखलढुंगा, खोटाङ र सुनसरीमा गरी ९ जना महिलाले मेयर÷अध्यक्षका लागि सिफारिस गरिसकेको जानकारी दिए । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा मन्जु भण्डारीले टिकट पाएकी छन । झापामा मात्रै तीनवटा पालिकाको प्रमुखमा महिलाले चुनाव लड्ने अवसर पाएका छन् । दमक नगरपालिकाको मेयरमा गीता अधिकारी, विर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतरा र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेल सिफारिस भएका हुन् । एमाले प्रदेश कमिटीले मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा यसोदा गिरी र कानेपोखरी गाउँपालिकामा राजमति इङ्नामलाई अध्यक्षमा चुनाव लड्न टिकट दिएको जनाइएको छ । त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ, खोटाङको खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरको नाम प्रदेश कमिटीबाट पालिका अध्यक्षमा सिफारिस भएको एमाले प्रदेश कमिटी सचिव पाठकले बताए । मोरङको जहदामा अध्यक्ष सिफारिस भएकी यसोदा गिरीबाहेक आठै जना यसअघि आ–आफ्नो पालिकाहरुमा उपप्रमुख थिए । जहदाको अध्यक्षमा गाउँ कमिटीबाट सर्वसम्मत नाम सिफारिस भएर आएका जयनरथ गिरी सोही पालिकाको ठेक्का पट्टामा संलग्न रहेको भेटिएपछि उनकै श्रीमती यसोदालाई अध्यक्षको टिकट पाएकी हुन् । कृष्ण जसपाबाट निर्वाचित भएका जहदाकै वडा नम्बर ४ का वडाध्यक्ष थिए । उनी गत भदौमा एमालेमा प्रवेश गरेका थिए । जहदामा प्रमुख र उपप्रमुख दुवै महिला भएका छन् । उपाध्यक्षमा अनिता सेरेन पहिले नै सर्वसम्मत भएकी थिइन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला