Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमालेबाट प्रदश १ मा एक दर्जन भन्दा बढी महिला पालिका प्रमुख उम्मेदवार

2022 Apr 24 1:26 PM 31

विज्ञापन

Birat Cancer Hospital
एमालेबाट प्रदश १ मा एक दर्जन भन्दा बढी महिला पालिका प्रमुख उम्मेदवार

बिराटनगर । स्थानीय चुनाबमा एमाले पाटीले मात्र स्थानीय पालिकाहरुमा एक दर्जन महिलाहरुलाई प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ । एमालेले प्रदेश १ का १३७ वटा पालिका मध्ये नौ वटामा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएर देशमै महिला मैत्री पाटीको दर्जामा राखेको छ । गठबन्धनको नाममा महिला उपबाट समेत हराउने अबस्था आएको भन्दै अन्य पाटीका महिला नेत्रीहरु सडकको आन्दोलन गर्न थालेका छन् । नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका प्रचार बिभाग प्रमुख माननिय क. घनश्याम खतिवडाले प्रदेश १ को एक उपमहानगर, तीन नगर र चारवटा गाउँपालिका गरी ९ वटा स्थानीय तहको नेतृत्व गर्ने अवसर महिलाले पाएको बताए । उनले झापा, मोरङ, ओखलढुंगा, खोटाङ र सुनसरीमा गरी ९ जना महिलाले मेयर÷अध्यक्षका लागि सिफारिस गरिसकेको जानकारी दिए । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा मन्जु भण्डारीले टिकट पाएकी छन । झापामा मात्रै तीनवटा पालिकाको प्रमुखमा महिलाले चुनाव लड्ने अवसर पाएका छन् । दमक नगरपालिकाको मेयरमा गीता अधिकारी, विर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतरा र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेल सिफारिस भएका हुन् । एमाले प्रदेश कमिटीले मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा यसोदा गिरी र कानेपोखरी गाउँपालिकामा राजमति इङ्नामलाई अध्यक्षमा चुनाव लड्न टिकट दिएको जनाइएको छ । त्यसैगरी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ, खोटाङको खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरको नाम प्रदेश कमिटीबाट पालिका अध्यक्षमा सिफारिस भएको एमाले प्रदेश कमिटी सचिव पाठकले बताए । मोरङको जहदामा अध्यक्ष सिफारिस भएकी यसोदा गिरीबाहेक आठै जना यसअघि आ–आफ्नो पालिकाहरुमा उपप्रमुख थिए । जहदाको अध्यक्षमा गाउँ कमिटीबाट सर्वसम्मत नाम सिफारिस भएर आएका जयनरथ गिरी सोही पालिकाको ठेक्का पट्टामा संलग्न रहेको भेटिएपछि उनकै श्रीमती यसोदालाई अध्यक्षको टिकट पाएकी हुन् । कृष्ण जसपाबाट निर्वाचित भएका जहदाकै वडा नम्बर ४ का वडाध्यक्ष थिए । उनी गत भदौमा एमालेमा प्रवेश गरेका थिए । जहदामा प्रमुख र उपप्रमुख दुवै महिला भएका छन् । उपाध्यक्षमा अनिता सेरेन पहिले नै सर्वसम्मत भएकी थिइन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न