Live
| सोमबार, बैशाख ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिकासको मुहार फेर्ने बिराटनगर महानगरपालिका घोषणा पत्र सार्बजनिक

2022 Apr 28 11:25 AM 3

विज्ञापन

Biratkhavar
बिकासको मुहार फेर्ने बिराटनगर महानगरपालिका घोषणा पत्र सार्बजनिक

बिराटनगर । स्थानीय चुनाब केन्द्रित नेकपा एमाले पाटीले बिराटनगर महानगरपालिका प्रतिबद्धता पत्र एक समारोह बिच सार्बजनिक गरेको छ । एमाले पार्टी कार्यालय पाञ्चाली विराटनगरमा कार्यक्रमको आयोजना गर्दै पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईञ्चार्ज देवराज घिमिरेले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । १४ पृष्ठ लामो प्रतिबद्धतापत्रमा एमालेले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सडक, खानेपानी, सरसफाई तथा ढल निकास, सुरक्षित आवास, सामाजिक विकासलाई निकै जोड दिएको छ । यस्तै वातावरण संरक्षण र पार्क, सूचना र सञ्चार, सडक सुरक्षा युवा तथा रोजगारी, खेलकुद तथा शारीरिक सुगठन सहरी कृषि विकास, उर्जा र औद्योगिक विकास, विज्ञान तथा प्रविधि, लघु उद्योग र बजार विकास, साहित्य, कला, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन, सुशासन र पारदर्शिता, बाह्य सम्बन्ध, र विविध पक्षलाई प्रतिबद्धतामा समेटिएको छ । एमालेले प्रतिबद्धता पत्रमा हाम्रा जनप्रतिनिधि शासक नभई जनताको सेवक हुन् उनीहरुले सामाजिक जागरण र विकासका अभियान्ताका रुपमा काम गर्नेछन् भन्ने उल्लेख गरेको छ । प्रतिबद्धतापत्रमा बृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरण मैत्री स्मार्ट सिटी बनाउने देखि प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश सरकार र प्रदेशसभाका लागि स्थायी संरचना निर्माणमा आवश्यक पहल तथा सहजिकरण गर्ने सम्म उल्लेख गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि प्रदेश इन्चार्ज देवराज घिमिरेले सम्पूर्ण महानगरबासीलाई समृद्ध विराटनगर र सुखी नेपाली बनाउने र बन्ने अभियानमा सरिक हुन आग्रह गर्नुभयो । एमालेबाट महानगरको मेयरको उम्मेदवार समेत रहनुभएका एमाले महानगर कमिटीका अध्यक्ष सागरथापाले कार्यक्रमको अध्यक्षता गर्दै विराटनगरको विकास गर्नकै लागि आफु उम्मेदवार भएको र जनताको सेवकको रुपमा काम गर्ने बताउनुभयो । उपमेयरको ेउम्मेदवार तथा नेकपा एमाले महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीले नेकपा एमालेले चुनाव जित्छ, महानगरको विकास तिब्रतर गर्छ भन्ने बुझेकाहरुले आत्तिएर आफुमाथि उजुरी दिएको बताउनुभयो । उहाँले यसअघि नै सम्बन्धित निकायमा राजिनामा दिइसकेको र आफुसँग प्रमाण रहेको भन्दै निसन्देह एमालेको चुनावी प्रचारमा जुट्न आग्रह गर्नुभयो । कोसी अस्पतालको समितिमा रहँदा आफुले कुनै सुविधा भोग नगरेको दाबी गर्दै उहाँले महानगरको उपमेयरमा निर्वाचिज भएपछि पनि सेवाभावका राथ काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘म कमाउन राजनितीमा आएको हैन, एमालेले मलाई जनताको सेवा गर्न उम्मेदवार बनाएको मैले राम्रो बुझेको छु ।’ कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्षले विराटनगर महानगरपालिकाको १९ वटै वडाको वडा अध्यक्ष तथा वडा सदस्यको उम्मेदवारहरूको परिचय गराउनु भएको छ । कार्यक्रममा नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ ईन्चाज देवराज घिमिरेले महानगर पालिकाको प्रतिवद्दता पत्र सार्वजनिक गर्दै महानगरको चुनावको लागि २ हजार १ सय ११ सदस्य निर्वाचन परिचालन कमिटी घोषणा गर्नु भएको छ । महानगरको निर्वाचन परिचालन कमिटीको संयोजकमा एमालेको पोलिटव्युरो सदस्य तथा मोरङ ईन्चार्ज विनोद ढकाल रहनुभएको छ भने विराटनगर महानगरपालिकाका रह्नु भएको पार्टीको केन्द्रिय कमिटी सदस्य , प्रदेश कमिटी सदस्य , केन्द्रिय सल्लाकार कमिटी सदस्य , मोरङ जिल्ला कमिटी पदाधिकारी तथा सदस्य , महानगर कमिटी सदस्य र १९ वटा वडा कमिटी तथा कमिटीको मातहातमा रहेको टोल कमिटी सदस्यहरू परिचालन कमिटीको सदस्यमा रहनु भएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु