Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

५ हजार मतान्तरले सुन्दर हरैचामा एमालेको जित सुनिश्चित

2022 Apr 28 5:03 PM 14

विज्ञापन

Birat Cancer Hospital
५ हजार मतान्तरले सुन्दर हरैचामा एमालेको जित सुनिश्चित

बिराटचोक, मोरगं ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मोरङको सुन्दरहरैंचा नगरपालिकामा एमालेको जित निश्चित बनेको छ ।

एमालेको लालकिल्लाका रुपमा रहेको यो नगरपालिकामा गरिएको एउटा सर्वेक्षणले एमालेले चार हजार देखि पाँच हजार सम्मको मतअन्तरले जित्ने देखाएको हो । सर्वेक्षणको नतिजा उत्साहजनक आएपछि एमाले जनमा खुसीयाली छाएको छ । सर्वेक्षणले मेयरमा चार हजार पाँच सय सम्म र उपमेयरमा पाँच हजार सम्मको मतअन्तरले एमालेले जित निकाल्ने देखाएको छ । अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य बद्री अर्यालले भन्नु भयो, ‘यो नगरपालिकामा कसको पल्लाभारी छ भनेर एउटा मत सर्वेक्षण गरिएको थियो ।278395666_1665829390437193_373184356271540070_n

मेयर र उपमेयर दुबै पदमा एमाले भारी मतअन्तरले विजयी हुने देखियो ।’ अर्यालका अनुसार २०६४ सालको संविधानसभा निर्वाचन बाहेक यहाँ संधै एमाले विजयी हुँदै आएको छ । २०६४ सालमा माओवादी विजयी बनेको थियो । माओवादीको अहिलेको कमजोर स्थिती र काँग्रेस भित्रको असन्तुष्टिको फाइदा उठाउँदै एमाले अगाडि आउने सर्वेक्षणले देखाएको हो । ‘एमालेका अगाडि दुबै पार्टी कमजोर छन्,’ अर्यालले भन्नु भयो, ‘एमालेले राम्रा उम्मेदवार उठाएका कारण पनि अरु पार्टीले जितको कल्पना समेत गर्न सक्दैनन् ।’ उहाँका अनुसार हत्केलाले सूर्य छेक्न नसकिए जस्तै एमालेको जितलाई कसैले पनि रोक्न सक्ने अवस्था छैन । एमालेले मेयरमा केदारप्रसाद गुरागाई र उपमेयरमा धना तामाङलाई उठाएको छ । गुरागाई र तामाङ दुबै जनाधार राम्रा भएका, विकास प्रेमी, नेत्रृत्व गर्न सक्ने, कर्मठ र जुझारु नेताका रुपमा स्थानीय स्तरमा परिचित हुनुहुन्छ । अर्यालले भन्नु भयो, ‘एमालेले दुबै उम्मेदवार राम्रा उठाएको छ । संधै जनतालाई साथमा लिएर हिंड्ने र जनप्रिय नेताको उम्मेदवारी अरु पार्टीका लागि हावी भएको छ ।’ उहाँले मेयर र उपमेयर सहित सबै पद र सबै वडामा विजय प्राप्त गरेर एमालेले बहुमत ल्याउने जानकारी दिनु भयो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ८ मा पर्ने सुन्दरहरैंचामा एमालेका चन्द्रबहादुर गुरुङ भारी मतान्तरले विजयी बन्नु भएको थियो । एमालेले अहिले उहाँकै अगुवाईमा चुनावी गतिविधी, सभा सम्मेलन, मतदाता भेटघाट र घरदैलो संचालन गरिरहेको छ । गुरुङको बढ्दो लोकप्रियता र स्थानीय स्तरमा एमाले स्थापित भइसको पार्टी भएका कारण पनि अरु पार्टीको लज्जास्पद हार हुने देखिएको एमाले नेताहरु बताउँछन् । ‘सुन्दरहरैंचाको समृद्धि र विकासका लागि एमालेले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ,’ अर्यालले भन्नु भयो, ‘अरु पार्टीले संधै भोटका लागि मात्रै राजनीति गरेको देखियो ।’ एमालेले स्थानीय स्तरमा विकासको मूल फुटाएका कारण पनि मतदाताले संधै एमालेलाई मायाँ गरिरहने उहाँको भनाइ छ । एमाले नेता राजकुमार ओझाका अनुसार मजवुत संगठन, पार्टीको सक्रियता, स्थानीय स्तरमा विकासका लागि गरिएका महत्वपूर्ण काम र लोकप्रिय उम्मेदवार एमालेको जितको आधार रहेको बताउनु भयो । ‘केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर एमाले नेत्रृत्वको सरकारले मुलुकको विकासका लागि राम्रा काम गरिरहेका बेला माओवादी र काँग्रेसले अवरोध गरेको थियो,’ उहाँले भन्नु भयो, ‘राम्रो काम गरिरहेको सरकार ढालेर मुलुकलाई अहित गर्ने गरी अप्राकृतिक गठबन्धन गरेर माओवादी र काँग्रेसको सरकार बनाएदेखि नै उनीहरुसंग यहाँका जनता रुष्ट छन् ।’ ओझाका अनुसार एमाले नेत्रृत्वको सरकारले मुलुकमा गरेका राम्रा र जनपक्षिय काम स्थानीय स्तरमा एमालेको जितको अर्को आधार रहेको बताउनु भयो । माओवादी र काँग्रेस नेत्रृत्वमा दुईवटा सरकार बने पनि मुलुकको विकासका लागि कुनै काम गर्न नसकेको भन्दै जनता उनीहरुसंग रुष्ट रहेको बताउँदै उहाँले भन्नु भयो, ‘त्यो रुष्टता स्थानीय निर्वाचनमा पोखिंदै छ । त्यसले विकास विरोधीको छाप बनाएका माओवादी र काँग्रेसलाई ठूलो घाटा पुग्ने एवं एमालेलाई फाइदा पुग्ने छ ।’ विकासका लागि अवरोध गर्ने दुबै पार्टीलाई जनताले यस पटकको स्थानीय तह निर्वाचनमा देखाइदिने उहाँको भनाइ छ । सरकारको गतिविधीबाट रुष्ट बनेका काँग्रेस र माओवादीका धेरै नेता कार्यकर्ता सुन्दरहरैंचामा एमाले प्रवेष गरेका छन् । माओवादी र काँग्रेस मिलेर बनाएको सरकारले प्रहरी प्रमुख नियुक्तीमा गरेको हस्तक्षेप, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाअभियोग प्रश्ताव, चितवनमा काँग्रेस–माओवादी गठबन्धनको मिलेमतोमा मतपत्र च्यातिएको घटनाले पनि धेरै जसो काँग्रेस र माओवादीकाका नेता कार्यकता असन्तुष्ट बनेर पार्टी छाडेका हुन् । ‘यस्ता घटना रुचाउन नसकेकाले यस पटक एमालेलाई मत दिएर विजयी गराउने छन्,’ ओझाको भन्नु भयो, ‘सरकारको गलत हर्कतका कारण धेरै जसोले आफ्ना चुनाव चिन्ह बदलेर एमालेलाई सहयोग गर्ने भएका छन् ।’ काँग्रेसले शिव ढकाललाई उम्मेदवार बनाएको छ । उनी स्थानीय स्तरमा परिचित छैनन् । उनलाई चिन्नेले पनि विराटनगर बसेर ठेक्का पट्टा गर्ने काँग्रेसीका रुपमा मात्र चिन्छन् । अरु लोकप्रिय नेता हुँदा हुँदै पनि उनलाई काँग्रेसले टिकट दिएपछि त्यहाँ काँग्रेस भित्र ठूलो मतभेद र असन्तुष्टि छ । ‘अहिले सम्म स्थानीय स्तरमा काँग्रेस र सुन्दरहरैंचाका लागि ढकालले कुनै देन दिएकै छैनन्,’ काँग्रेसका एक कार्यकर्ताले भने, ‘रहेका ढकालले भन्दा पनि पार्टीले हार्ने भयो भन्ने चिन्ता बढ्यो ।’ ती कार्यकर्ताका अनुसार ढकालको स्वभाव र व्यवहार स्थानीय स्तरमा काँग्रेसकैले मन पराउँदैनन्

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो