Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर महानगरमा यसपटक हामी जित्ने छौं : सागर थापा (मेयर एमाले उम्मेदवार)

2022 May 1 2:37 PM 13

विज्ञापन

Birat Cancer Hospital
विराटनगर महानगरमा यसपटक हामी जित्ने छौं : सागर थापा (मेयर एमाले उम्मेदवार)

झण्डै तीन दशक देखि विराटनगरलाई कार्य क्षेत्र बनाएर एमालेको राजनीतिमा अनवरत रुपमा सक्रिय सागर थापा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदको उम्मेदवार हुनुहुन्छ । अनेरास्ववियुबाट राजनीति सुरु गर्नु भएका थापा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको दुई पटक स्ववियु सभापतिमा निर्वाचित हुनु भयो । त्यस ताका आफ्ना प्यानलका सबै उम्मेदवारहरु पराजित हुँदा पनि एक्लै सभापतिमा निर्वाचित भएपछि उहाँ चर्चाको शिखरमा पुग्नु भएको हो । विराटनगर महानगर भित्र सर्वसाधारणबीच समेत परिचित थापा विभिन्न सामाजिक कार्यमा जोडिँदै नेकपा एमालेको दुई कार्यकाल जिल्ला कामिटी सदस्य र विगत एक दशकदेखि महानगर कमिटीको नेतृत्वमा हुनुहुन्छ । हाल महानगर कमिटीको अध्यक्ष समेत रहनु भएका थापासँग गरिएको संक्षिप्त कुराकानी  (चुनाबी अभियानका लागि साभार अरुणखबरबाट)

तपाईको जित्ने आधार के के हुन ? विराटनगरमा २०४३ सालमा तत्कालिन मालेको समर्थनमा उम्मेदवारी दिएका जनपक्षीय उमेदवार धु्रवनारायण श्रेष्ठले जितेकै हुन् । जतिबेला विराटनगरमा हाम्रो साङगठानिक आधार एक दमै कमजोर थियो । त्यसपछि बहुदलीय व्यवस्थाको स्थापना पछि २०४९ सालको स्थानीय निर्वाचनमा काँग्रेसले धेरै वडाहरुका बुथ कब्जा गरेर धादली गरेपछि नेकपा एमालेले चुनावमा बहिस्कार गर्दा पनि सम्मानजनक मत ल्याएको र २०५४ सालमा एमालेले केही वडा छाडेर सानदार विजय हासिल गरेको थियो । फेरी २०७४ सालमा काँग्रेसको मेयर उपमेयर जिते पनि हाम्रो मत सम्मानजनक छ । २०७४ सलामा एमालेका मेयरका उम्मेद्वारको झण्डै पाँच हजार बदर भएको थियो नत्र हामीले नै चुनाव जित्ने थियौ । यो हिसाबले हेर्दा अब जित्ने पालो हाम्रो हो । यो परम्परागत कुरा भए पनि यस पटक भने हामी विराटनगरलाई सम्वृद्ध बनाउने, श्रमजीविका सवालहरुलाई उठाउँदै सम्बोधन गर्ने, यहाँ उद्योगी व्यवसायीको हित प्रर्वद्धन गर्दै रोजगारमूलक सहर बनाउने र भ्रष्टाचारमुक्त नगर बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्ने हाम्रो एजेन्डा छ त्यसैले पनि हामी चुनाव जित्छौँ । सँगसगै हामीसँग दर्विलो संगठन, विशाल कार्यकर्ताको पंक्ति, पार्टी भित्रको एकता र आम विराटनगरबासीको साथ र सहयोग छ । यस पटक निर्वाचन जित्ने हाम्रा अधारहरु यीनै हुन् । विराटनगर औद्योगिक शहर भएपनि पछिल्ला दिनमा यसको शाख गिर्दै गएको छ । यस क्षेत्रको उद्योग व्यवसायलाई पुनर्जीवित गर्न तपाईहरुको प्रयत्न के कस्तो रहन्छ ? विराटनगर जुट मिलको स्थापनासँगै विराटनगरको पहिचान औद्योगिक शहरको रुपमा स्थापित भएको हो । विराटनगरको दक्षिण क्षेत्रमा कुनै समय पाइलै पिच्छे उद्योगहरु थिए त्यसैबाट विराटनगरको दक्षिण क्षेत्रको नाम नै मिल्सएरिया रहन गएको हो । यहाँको उद्योग कलकारखानाका कारण विराटनगर आर्थिक रुपले पनि सम्पन्न थियो । तर पछिल्लो समय उद्योगी व्यवसायीहरु पलायन हुने र यहाँको उद्योगहरु धरासयी बन्न थाले । हामी उद्योगलाई पुनर्जीवित गर्दै विराटनगरमा औद्योगिक क्षेत्र बनाउने उद्योगहरुलाई उद्योग खोल्ने वातावरण बनाउँछौँ । त्यसका लागि विराटनगरले उद्योगी व्यवसायीमैत्री कर प्रणालीको व्यवस्था गर्न हाम्रो प्रयत्न रहन्छ । महानगर भित्र सुविधासम्पन्न औद्योगिक, व्यापारिक प्रदर्शनीस्थल र अन्तराष्ट्रिय स्तरको बनाउने छौ । नेपाल सरकारबाट प्रस्तावित सुख्खा बन्दरगाहा सहितको विशेष आर्थिक एवम् निर्यात प्रवद्र्धन क्षेत्र निर्माण गर्ने छौ । गरिवीको रेखामुनी रहेका घर परिवारलाई लक्षित गरी निःशुल्क विद्युत जडान सहित अनुदानमा विद्युतीय चुल्हो उपलब्ध गराउने छौ । महानगरले उपलब्ध गराउने सेवाहरुलाई डिजिटलाइजेसन गर्दै झण्झटमुक्त प्रशासन बनाउने छौँ । महानगरका कर्मचारीहरुलाई उद्योगी व्यवसायी मैत्री व्यवहार सिकाउने छौ । उद्योगी व्यवसायिका लागि के कस्ता योजनाहरु बनाउने सकिन्छ उनीहरुसँग छलफल गर्ने छौ, उद्योगी व्यवसायीलाई परेका हरेक समस्यामा हामी केन्द्रीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर औद्योगिक वातावरण बनाउने छौँ । विराटनगरमा एउटा भव्य प्रदर्शनी स्थल बनाउने प्रतिबद्धतासहित हामी अघि बढेका छौँ । विराटनगर क्षेत्रमा सुकुम्बासी समस्या पनि चर्को रुपमै रहेको देखिन्छ त्यसका लागि के कस्तो योजना अघि सार्नु हुन्छ ? यसका लागि हामी वास्ताविक सुकुम्वासीको पहिचान गरी उनीहरुको घर निर्माणलाई प्राथमिकता दिँदै सबैको घर निर्माण गरिने छ । कुनैपनि सुकुम्बासी परिवार घरबारविहिन हुने छैनन् । विराटनगरमा रहेका सुकुम्बासी बस्तीहरुलाई सडक, विद्युत, खानेपानी जस्ता पूर्वाधारले जोड्ने आवश्यक रोजगारी सिर्जना गर्ने योजना ल्याउने छौ । हरेक वर्षायाममा विराटनगरका अधिकांस क्षेत्रहरु डुवानमा पर्ने गर्छन । यसलाई नियन्त्रण गर्न के कस्ता योजना रहेका छन् ?हामी डुबान क्षेत्रको पहिचान गरि त्यसलाई ठोस योजना बनाएर अघि बढ्छौं । डुबान मुक्त हुनका लागि ढलहरुको निर्माण र खोलाहरुमा तटबन्ध र त्यस छेउका बस्तिको व्यवस्थापन गर्छौं । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि तपाईको योजनाहरु के हो ? हामी सार्वजनिक विद्यालयलाई स्तरोन्नती गर्दै गुणस्तरीय शिक्षालय बनाउछौँ । निजी विद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउँछौँ । सबै खालका शैक्षिक संस्था खोल्न र त्यसलाई गुणस्तरीय बनाउन हामी ठोस योजनाका साथ अघि बढ्छौँ । समुदायिक विद्यालयमा व्यवस्थित छात्रा शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने छौँ । विराटनगरमा भइरहेका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई व्यवस्थित गर्दै मेट्रो अस्पताल निर्माण गर्ने छौँ । स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने छौँ । निशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउने छौँ । सबै नगरबासीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरी अस्पतालबाट सरल, सहज र व्यवस्थित स्वास्थ्य सेवा प्रदान गर्नेछौ, गरिवीको रेखामुनी रहेका नागरिकलाई सुगर, प्रेसर थाइराइड लगायत दीर्घ रोगको औषधी निःशुल्क उपलब्ध गराउने छौ । गर्भवती आमा पोषण कार्यक्रम सञ्चालन गर्ने छौ । रानी स्वास्थ्य चौकीलाई २५ वेडको अस्पतालमा स्तरोन्नति गर्ने छौ । योजना कार्यान्वयन गर्नको लागि बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ? संघीय तथा प्रदेश सरकारसँगको समन्वय र अनुदानहरु, दातृ निकायसँगको सहकार्य र आन्तरिक स्रोतहरुको पहिचान र करका नयाँ क्षेत्रहरु खोजि गरि स्रोतको व्यवस्थापन गरिनेछ । त्यस बाहेक पनि आयस्रोतका नयाँ क्षेत्रहरुको पहिचान गर्ने छौ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो