Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धरानेबासीहरुले एमालेलाई जिताउने र उम्मेद्वारलाई चुनावका बेला गरेको बाँचा पुरा गराउने ।

2022 May 8 2:10 PM 14

विज्ञापन

Birat Cancer Hospital
धरानेबासीहरुले एमालेलाई जिताउने र उम्मेद्वारलाई चुनावका बेला गरेको बाँचा पुरा गराउने ।

धरान । उमेरले ८४ बर्ष नागेका धरान– २० विष्णुपादुकाका ८४ वर्षीय लाल बहादुर राईले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ । पञ्चायतकालदेखि नै मतदान गर्दै आउनु भएका राईको अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता–कार्यकर्ताले निर्वाचित भएपछि पुरा नगरेको उहाँको गुनासो छ । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्ने तर चुनाव जितेर गए पछि विर्सने गरेको उहाँले तितो अनुभव सुनाउनु भयो । ‘एउटा चुनाव एउटा बाचा गर्छन र फेरी अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् ।’–विष्णुपादुकामा भेटिनु भएका राईले भन्नु भयो । पछिल्लो पटक २०७४ को वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश एवं सङ्घीय सांसदका लागि उहाँले मत खसाल्नु भएको थियो । सडक नजिक घर भएका राईले विगत २०५१ सालदेखि धुलो खादैं बसेको स्मरण गराउनु भयो । उहाँले आज भोट माग्दैं विष्णुपादुका पुग्नु भएका नेकपा एमालेको तर्फबाट मेयरका उम्मेद्वार मञ्जु भण्डारी, उपमेयरका उम्मेद्वार पदम लिम्बु र वडाध्यक्षका उम्मेद्वार महाशेर राईलाई विन्ती पनि राख्नु भयो । यहाँका नागरिकले भोगेका समस्या समाधान गर्न उहाँले सुझाउनु भएको छ । एमालेको ९ महिने शासनकालमा मनमोहन अधिकारीले शिलान्यास गरेको मंगलबारे–विष्णुपादुका सडक यतिका बर्षसम्म पिस हुन सकेको छैन् । सडक किनारका व्यक्तिहरुले उठाउँदै आएका मुद्दा समाधान गर्न स्थानीयको माग रहेको छ । चुनावप्रति नै वितिक्ष्णा जागेको बेला आज मेयर उपमेयर मञ्जु र पदमको उपस्थितिमा यहाँका समस्या समाधानमा प्रतिवद्धता जनाए पछि चुनावमा भाग लिन उत्साह पलाएको उहाँ बताउनु हुन्छ । त्यस्तै अर्का स्थानीय रविन्द्र कार्कीको भनाई पनि अन्य स्थानीयको जस्तै रहेको छ । वडामा राम्रो सडक सञ्जाल र बेला बेलामा माथल्लो भेगमा खानेपानीको समस्या रहेको उहाँले उम्मेद्वारलाई सुनाउनु भयो । यता २० नं वडाध्यक्षका उम्मद्वार महाशेर राईले पनि वडामा खानेपानी र कालेपात्रे सडकको अभाव रहेकोले यसलाई संघ प्रदेश र नगरपालिकासँग समन्वय गरेर जित पछि पहिलो प्राथमिकतामा राख्नु प्रतिवद्धता जनाउनु भएको थियो । ‘यहाँको समस्या म आफै भोगि रहेको छु । यो वडा बत्तिमुनीको अध्यारो भएको छ । मैले जिते पछि सडक सुधार, कृषी आधुनिकरण, अदुवा बेसारको बजारीकरणको व्यवस्थापन मेरो पहिलो प्राथमिकता हुने छ ।’–राईले भन्नु भयो–‘ आफूले समेत त्यो समस्या भोगेको बताउँदै उहाँले आफू निर्वाचित भएर एमालेको नेतृत्वको टिमले भञ्ज्याङ चौकसम्म कालोपत्रे सडक निमार्ण गर्ने प्रतिब्द्धता म जनाउछु ।’ मेयरका उम्मेद्वार मञ्जु भण्डारीले कोका खोलामा पक्की पुल, सडक पिच, कृषीमा आधुनिकरण, कृषकलाई मल विउविजनको व्यवस्था तथा धरान –२० लाई पर्यटकीय ग्राम बनाउन पूर्वाधार विकास गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यस्तै उपमेयरका उम्मेद्वार पदम लिम्बुको एमालेको सिफारिसमा धरान उपमहानगरपालिकाले २० नं. वडालाई पर्यटकीय ग्राम घोषणा गरेको बताउनु भयो । घोषणा गरे पनि उपमहानगरमा कांग्रेसको नेतृत्व र वडामा एमालेको नेतृत्व हुदा पूर्वाधार विकासका लागि मेयरले कुनै बजेट नदिएकाले पूर्वाधार विकास हुन नसकेको उहाँले बताउनु भयो । ‘बैशाख ३० पछि धरानका सबै वडामा एमालेको नेतृत्व आउने छ । २० नं.मा पनि एमालेको नेतृत्व हुने छ । हामी यहाँको पूर्वाधार विकासदेखि लिएर कृषकका समस्या समाधान गर्ने छौं ।’–लिम्बुले भन्नु भयो । २० नं. वडा धार्मिक पर्यटकीय सम्भावना भएको वडा हो , यहाँ कृषी पर्यटनको पनि उतिकै सम्भावना छ । यि सबै पूर्वाधार विकास एमालेको नेतृत्वको सरकारबाट मात्र सम्भव भएको हालका वडाध्यक्ष मणीराम राईले बताउनु भयो । विष्णुपादुमा ५ हजार भन्दा बढि जनसंख्या रहेको छ । ८ सय ५० घरधुरीको बसोवास छ भने मतदाता संखया ३ हजार ६४५ रहेको छ । विष्णुपादुका एमालेको किल्लाको रुपमा मानिदैं आएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो