Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

१ न. प्रदेश कमिटी एमालेबाट सरकारको सर्बसाधारण विरुद्ध राज्यशक्तिको प्रयोग, नेता तथा कार्यकर्तामाथि आक्रमणको निन्दा र भत्र्सना

2022 May 23 8:34 AM 21

विज्ञापन

Birat Cancer Hospital
१ न. प्रदेश कमिटी एमालेबाट सरकारको सर्बसाधारण विरुद्ध राज्यशक्तिको प्रयोग, नेता तथा कार्यकर्तामाथि आक्रमणको निन्दा र भत्र्सना

बिराटनगर । नेकपा एमाले १ न. प्रदेश कमिटीले स्थानीय चुनाबमा प्रदेशका बिभिन्न जिल्लाहरुमा भएको हिंसात्मक, सर्बसाधारण जनतामाथि भएको धरपक्कडको निन्दा र घोर भत्र्सना गरेको छ । परमादेशबाट बनेको पाँच दलिय गठबन्धन सरकारले स्थानीय चुनाबमा राज्यशक्तिको चरम दुरुपयोग गरेको १ न. प्रदेश भरि भएका बिभिन्न घटनाले पुष्ठि गरेको छ । नेकपा एमाले प्रदेश न. १ कमिटीले गठबन्धनका नाममा स्थानीय तहको निर्वाचनमा एमाले विरुद्ध दलिय गठबन्धन सरकारद्वारा राज्य शक्तिको चरम दुरुपयोग गरी एमालेका कार्यकर्ता माथि दिउसै कुट्ने, ज्यान मार्ने धम्की दिने, मतदाताहरुलाई मतदान केन्द्र सम्म आउने समस्या गरिदिने जस्ता कार्यको निन्दा समेत गरेको छ । नेकपा एमाले प्रदेश न. १ कमिटीका अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ति जारी गर्दै निर्वाचनमा संसदीय मूल्य मान्यताको ठाडो उल्लङ्घन गर्ने, अशान्ति, हुल हुज्जत र जबरजस्ती गर्ने काम भएको उल्लेख गर्नु भएको छ । नेकपा एमाले न. १ नम्बर प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने द्धारा जारी विज्ञप्तीमा मतदान स्थल कब्जा गर्ने, राज्यको आडमा सर्वसाधारण मतदाता र एमाले पार्टीका कार्यकर्तालाई धाक धम्की दिदा पनि राज्यका बिभिन्न अंगहरु मुखदर्शक भएर मतमेटिका कब्जा गर्ने, मत गणना केन्द्रमा धाँधली गर्ने काम भएको छ । गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्दै एमाले नेता तथा कार्यकर्ता माथि साङ्घातिक आक्रमण गर्ने काम समेत गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्खुवासभाको भोटखोला, उदयपुरको कटारी नगरपालिका, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका, सुनसरीका कोसीगाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राह नरसिंह गाउँपालिका लगायतका मतदान केन्द्र रहेको स्थानहरूमा विपक्षी गठबन्धनद्वारा राज्य शक्तिको दुरुपयोग गरेर मतदान प्रभावित पारिएको विज्ञप्तिमा उल्लेख छ । गठबन्धनका कार्यकर्ताले निर्वाचनको मतगणना सम्पन्न गरी फर्कने क्रममा सङ्खुवासभाको धर्मदेवी नगरपालिका १ मा पाटीका सङ्गठित कार्यकर्ता तथा निवर्तमान वडाध्यक्ष नारायण मसाहाङ लिम्बु तथा इटहरीमा एमाले प्रदेश कमिटी सदस्य डम्बर सुवेदी (हिमाल) माथि साङ्घातिक आक्रमण भएको विज्ञप्तिमा मार्फत उक्त घटनाको निन्दा र घोर भत्र्सना गरेको छ । विपक्षी गठबन्धनका कार्यकर्ताको आक्रमणमा परि घाइते भएका लिम्बुको बिराटनगर स्थित विराट नरसिंह होममा भेन्टिलेटरमा उपचार भइरहेको छ । आक्रमणमा परि घाइते भएकाहरूको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र अपराधिक गतिबिधीमा लागेका दोषीलाई कडा भन्दा कडा कार्बाहीका लागि समेत गठबन्धनको सरकार सँग एमाले प्रदेश १ कमिटीले जोडदार माग गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?