विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रिता पासवानको अध्यक्षतामा ५१ सदस्यीय विराटनगर महानगर अधिवेशन आयोजक कमिटी गठन भएको हो ।
अधिवेशन आयोजक कमिटीको उपाध्यक्षमा सुरज रसाइली, सचिवमा चन्दा रविदास, सहसचिवमा मन्टुकुमार दास र कोषाध्यक्षमा खुश्बु विश्वकर्मा चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।
त्यस्तै भेलाले विराटनगरका १९ वटै वडाबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरुमा कोपिला बि.क., ज्योती गजमेर, पंकज रजक, आयुषा सुन्दास, उषादेवी मेहतर, कुमारी परियार, आशा पासवान, सरस्वती रसाईली, उत्तश पासवान, रोहित पासवान, सत्यनारायण पासवान, पबित्रा बि.क. तुलषा बि.क., गोमा खाती, राजकुमार बि.क., दुर्गा पासवान, सुनीता मोची, सरिता पासवान, विपना पासवान, ज्योती मरिक, अमन बि.क.लाई चयन गरेको छ ।
त्यस्तै अन्य सदस्यहरुमा कल्पना मरिक, मञ्जु मरिक, देवी घतानी, जानकीदेवी खंग, रञ्जीता पासवान, कामेश्वर राम, सुमनदेवी राम, पुनमदेवी राम, भिखारी खत्वे, संगीतादेवी खत्वे, राम सुन्दरीदेवी राम लगायत चयन भएका छन् ।
भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाज मोरङका अध्यक्ष विश्वकर्माले गरेका थिए । नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रियसभाका पूर्वा सांसद, मुक्ति समाजका महासचिव खेम नेपालीले शपथग्रहण गराएका थिए ।
भेलालाई सम्बोधन गर्दै नेता नेपालीले मुक्ति समाजले आम दलित समुदायको अगुवाई गर्दै सो समुदायका सवालहरुलाई रानीतिकरुपमा उठाउँदै आएको बताए ।
उनले भन्दा पहिले २०४५ सालमा दलित समुदायलाई राजनीतिक रुपमा नेकपा (एमाले) ले संगठित गरेर दलित समुदायका सवालहरुलाई राजनीतिकरुपमा शसक्त ढंगले उठाउदै आएको बताए ।
सो अबसरमा कार्यक्रमका विषेश अतिथी नेकपा (एमाले) का केन्द्रीय सदस्य रामलाल साहले सिंगो दलित समुदायको अधिकारका लागि सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । उनले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) मोरङका सचिव रुपेश खतिवडाले मुलुकमा सवै प्रकारका विभेद अन्त्य गर्नुपर्ने बताए । उनले मुक्ति समाजले आम दलित समुदायलाई संगठित गर्दै अधिकारका लागि खबरदारी गर्दै आएको र त्यसमा पार्टीको साथ रहेको बताए । उनले एमालेले दलित समुदायलाई पहिलो पटक राजनीतिक रुपमा संगठित गर्दै उनीहरुको चौतर्फी विकासमा जोड दिँदै आएको बताए ।
कार्यक्रममा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य तथा मुक्ति समाजका केन्द्रीय सदस्य जितनारायण सरदार, केन्द्रीय सदस्य भद्रमान विश्वकर्मा, पूर्व केन्द्रीय सदस्य जिवन घतानी, प्रदेश कमिटी सदस्य रिंकु परियार, प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालालगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिए ।
एमाले मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन
ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6
