Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन

2022 Jun 13 2:39 PM 41

विज्ञापन

Birat Cancer Hospital
एमाले मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रिता पासवानको अध्यक्षतामा ५१ सदस्यीय विराटनगर महानगर अधिवेशन आयोजक कमिटी गठन भएको हो । अधिवेशन आयोजक कमिटीको उपाध्यक्षमा सुरज रसाइली, सचिवमा चन्दा रविदास, सहसचिवमा मन्टुकुमार दास र कोषाध्यक्षमा खुश्बु विश्वकर्मा चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए । त्यस्तै भेलाले विराटनगरका १९ वटै वडाबाट प्रतिनिधित्व हुनेगरी सदस्यहरुमा कोपिला बि.क., ज्योती गजमेर, पंकज रजक, आयुषा सुन्दास, उषादेवी मेहतर, कुमारी परियार, आशा पासवान, सरस्वती रसाईली, उत्तश पासवान, रोहित पासवान, सत्यनारायण पासवान, पबित्रा बि.क. तुलषा बि.क., गोमा खाती, राजकुमार बि.क., दुर्गा पासवान, सुनीता मोची, सरिता पासवान, विपना पासवान, ज्योती मरिक, अमन बि.क.लाई चयन गरेको छ । त्यस्तै अन्य सदस्यहरुमा कल्पना मरिक, मञ्जु मरिक, देवी घतानी, जानकीदेवी खंग, रञ्जीता पासवान, कामेश्वर राम, सुमनदेवी राम, पुनमदेवी राम, भिखारी खत्वे, संगीतादेवी खत्वे, राम सुन्दरीदेवी राम लगायत चयन भएका छन् । भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाज मोरङका अध्यक्ष विश्वकर्माले गरेका थिए । नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रियसभाका पूर्वा सांसद, मुक्ति समाजका महासचिव खेम नेपालीले शपथग्रहण गराएका थिए ।whatsapp-image-2022-06-12-at-7-16-36-pm-1 भेलालाई सम्बोधन गर्दै नेता नेपालीले मुक्ति समाजले आम दलित समुदायको अगुवाई गर्दै सो समुदायका सवालहरुलाई रानीतिकरुपमा उठाउँदै आएको बताए । उनले भन्दा पहिले २०४५ सालमा दलित समुदायलाई राजनीतिक रुपमा नेकपा (एमाले) ले संगठित गरेर दलित समुदायका सवालहरुलाई राजनीतिकरुपमा शसक्त ढंगले उठाउदै आएको बताए । सो अबसरमा कार्यक्रमका विषेश अतिथी नेकपा (एमाले) का केन्द्रीय सदस्य रामलाल साहले सिंगो दलित समुदायको अधिकारका लागि सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । उनले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए । कार्यक्रममा नेकपा (एमाले) मोरङका सचिव रुपेश खतिवडाले मुलुकमा सवै प्रकारका विभेद अन्त्य गर्नुपर्ने बताए । उनले मुक्ति समाजले आम दलित समुदायलाई संगठित गर्दै अधिकारका लागि खबरदारी गर्दै आएको र त्यसमा पार्टीको साथ रहेको बताए । उनले एमालेले दलित समुदायलाई पहिलो पटक राजनीतिक रुपमा संगठित गर्दै उनीहरुको चौतर्फी विकासमा जोड दिँदै आएको बताए । कार्यक्रममा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य तथा मुक्ति समाजका केन्द्रीय सदस्य जितनारायण सरदार, केन्द्रीय सदस्य भद्रमान विश्वकर्मा, पूर्व केन्द्रीय सदस्य जिवन घतानी, प्रदेश कमिटी सदस्य रिंकु परियार, प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालालगायतले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला