बिराटनगर । प्रदेश १ को नाम सबैको साझा र अपनत्व हुने कौशिकी (कोशी नदी)प्रदेश राख्न प्रदेश १ भरिका बिद्धतबर्गहरुले सर्ब पक्षिय छलफल गरी नाम राख्न प्रस्ताव अघिसारेका छन् ।
नेपालका प्रथम जगतगुरु मोहनशरणदेब बालसन्त महाराजको सहजीकरणमा १४ वटै जिल्लाका बिद्धतबर्गहरु, सामाजिक ब्यक्तित्वहरु, बौद्धिक बर्गहरुको सर्बपक्षिय भेलाले कौशिकी प्रदेश नाम राख्दा सबैको भलो हुने र सबै जातजातीहरुको सम्मान र पहिचाहन हुने ठहर गरेको छ ।
कार्यक्रममा प्रदेश संसद साबित्रा रेग्मीले यस्तो प्रमाण सहितको सबैलाई मान्य हुने प्रदेश १ को नाम कौशिकी प्रदेश नाम राख्न म टेबुल गर्नेछु र सभाहलमा छलफल गराउन प्रतिबद्धता दिने कुरा बताउनु भयो । यसै गरी पुर्ब सामाजिक बिकास मन्त्रि जीवन घिमिरेले सबै पाटीका शिर्ष नेताहरु बसेर छलफल भैसकेको छ । कौशिकी प्रदेश आफैमा सभ्यता बोकेको हुनाले यही अधिबेशनबाट ट्ुग्याउन लागि पर्ने बताउनु भयो ।
कौशिकी प्रदेश नाम हुनु पर्ने कारण र प्रमाण देखाउदै जगतगुरु बालसन्त महाराजले बताउनु भयो –ै बिश्वकै मानब सभ्यताको केन्द्र बिन्दु नै कोशी नदीलाई मानिन्छ । जसरी सिन्धु सभ्यता गंगा र सतजलको सभ्यता कर्णाली, गण्डकी सभ्यता अत्यन्तै प्राचिन सभ्यताका प्रतिक हुन् । पूर्बिय सामुन्द्रिक तटबाट आएका किरातेश्वर महादेबका सन्तति किरातबंशीहरु र पश्चिमी समुन्द्रतटबाट बिकशित हुदै पूबिर्य धर्ती तिर आएका आर्य जातीहरु दुबै थरी जातीका मानिसहरुको एकताको रुपमा जोड्ने नै कौशिकी नदी तट रहेको हो । दुबै थरी यात्रीहरुको यात्रा यसै कौशिकी(कोशी) किनारमा आई टुंगिएको र अरुण उपत्यकालाई आफनो कर्मथलो बनाई त्यसै कौशिकी सभ्यतालाई अपनाएर लामो समय देखि एकताको भुमिका निर्बाह गर्दै सबै राई, लिम्बु, मगर, गुरुगं, मधेशी, जनजाती, थारु, चौधरी, दलित, क्षेत्री, ब्रामहण साथै सबैको साझा धरोहरका रुपमा कौशिकी नदी भएको र त्यसैलाई आधार बनाएर समाज आज सम्म जिवन्त रहेको प्रमाण सबिस्तार जगतगुरु बालसन्त महाराजले सर्बपक्षिय भेलालाई सम्बोधन गर्दै सप्रमाण पेश गर्नु भएकोछ ।
कौशिकी प्रदेशको नामबाट आन्तरिक तथा बाहय पर्यटनको प्रबद्र्धन गर्न सकिने, प्राकृतिक पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन लगायत बिकास गर्न सकिने र सबैको साझा बिन्दू हुनाले १ नम्बर प्रदेशको नाम प्रामाणीक तथ्य र सत्यका आधारमा पनि कौशिकी प्रदेश नै हुन् पर्ने ठहर गरी सबैको हस्ताक्षार भएको दस्ताबेज संसद सभाध्यक्ष दिने कार्ययोजना रहेको जगतगूरु बालसन्त महाराजले बताउनु भयो ।
प्रदेशको नाम कोशी राख्नुपर्छ भन्ने तर्क, सगरमाथा राख्नुपर्छ भन्ने तर्क, या अरु कुनै नाम किरात राख्नुपर्ने तर्कबारे छलफल भैरहदा उपयुक्त विकल्पको नाम कौशिकी प्रदेश हुने जगतगुरु बालसन्त महाराजले बताउनु भयो । कार्यक्रममा १४ वटै जिल्लाका बिभिन्न पाटीका प्रतिनिधीहरु, समाजसेवीहरु, महिला नेत्रीहरु लगायत अग्रज ब्यक्तित्वहरुको सहभागिता थियो ।
प्रदेश १ को नाम सबै जातजातीहरुको सभ्यता जोडिएको कौशिकी प्रदेश हुने प्रस्ताव
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
