नारायण कुमार राई, धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघले ५१ सदस्यीय अखिल नेपाल महिला
युवा संघ १ नम्बर प्रदेश समिति गठन गरेको छ ।
संघको धनकुटामा भएको प्रथम प्रदेश भेलाले सुभेक्षा सापकोटाको अध्यक्षतामा १८ देखि ३० बर्ष उमेर समुहका युवा महिलाहरुलाई समेटेर समिति गठन गरेको हो । प्रदेशका संयोजक मेनुका काफ्लेको अध्यक्षतामा शनिबार र आइतबार धनकुटामा सम्पन्न भेलापछि पत्रकार सम्मेलन आयोजना गरी नयाँ समितिका बिषयमा जानकारी दिएको छ ।
संघको उपाध्यक्षमा कविता बान्तवा राई, सचिवमा दुर्गा गौतम, उपसचिव सिता बराल, मनिता पौडेल र कोषाध्यक्षमा सुशिला तामाङ चयन हुनुभएको छ । भेलाले मुल्यवृद्धि नियन्त्रण, सर्वस्वीकार्य रुपमा प्रदेशको नामाकरण, नागरिकता विद्येयक फिर्ता, यौनजन्य हिंसा नियन्त्रण, साइबर अपराध रोकथाम लगायतको माग राख्दै घोषणापत्र जारी गरिएको छ । भेलामा एमालेमा आवद्ध प्रदेश १ भरिका महिला तथा धनकुका महिला सभासद्,स्थानिय निकायका नि।वर्तमान तथा वर्तमान उपाध्यक्ष महिलाहरुको सहभागिता रहेको थियो ।
५१ सदस्यीय अखिल नेपाल महिला यूवा समिति गठन
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
