Live
| बुधबार, बैशाख ९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एक बर्ष अघि छठ पुजामा भएको रिसीबिले छठ पुजाकै दिन साथीबाटै दियुषको हत्या

2022 Nov 2 8:45 AM 3

विज्ञापन

Biratkhavar
एक बर्ष अघि छठ पुजामा भएको रिसीबिले छठ पुजाकै दिन साथीबाटै दियुषको हत्या

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले दमक नगरपालिका–१० नलबारी घर भएका दियुस श्रेष्ठको हत्यामा संलग्नलाई ५ जनालाई प्रकाउ गरेको छ । आपसी झगडा र रिसका कारण बादबिवाद हुँदा अनाहकमा ज्यान गएको प्रहरीको भनाइ रहेको छ तर प्रकाउ परेका धेरै जसो बालबालिका १८ बर्ष भन्दा कम उमेरका छन् । ५ जना सहित हत्यामा प्रयोग भएको चक्कुसहित सोमबार दिउँसो पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।arrest-s1667212139 उनका अनुसार पक्राउ पर्नेहरूमा उर्लाबारी–६ चन्द्रमा चौकका १७ वर्षीय युवक, वानडाँडाका १७ वर्षीय युवक, पानी ट्यांकीका १६ वर्षीय युवक, वानडाँडाकै १७ वर्षीय युवक, उर्लाबारी–७ तरुण चौकका १६ वर्षीय युवक रहेका छन्। । उनीहरू सबै नाबालक हुन् । नाबालक भएकै कारण उनीहरुको नाम सार्बजनिक नगरिएको हो । त्यस्तै घटनामा संलग्न एक जना फरार छन्न् । फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसिइबीका कारण दियुसमाथि चक्कु प्रहार भएको बताउँदै डिएसपी श्रेष्ठले हत्या आरोपमा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान थालिएको जानकारी दिए । दियुसको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जानकारी दिएको छ । यस्तै, कुटपिटबाट दियुसका एक जना साथीको च्यापु सुन्निएको छ । अरू साथी पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । हत्या भएका मृतक दियुष श्रेष्ठको कहानी करिब एक वर्षयता जेठी दिदी दीपिकाको घरमा बसेर पढ्दै थिए । दीपिकाको घर मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग हो । दिदीलाई सघाउँदै श्री लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ८ पढिरहेका थिए । त्यसअघि भने उनले घरै बसेर कक्षा ७ सम्म उर्लाबारीकै भृकुटी बोर्डिङ स्कुलमा पढेका थिए । कान्छी दिदी आम्दा विद्यालयमा अनमी कोर्स गरिरहेका कारण घरमा आमा र बुबाले मात्र काममा गर्न परेकोले चाडबाढ अनि तिहार र छठमा सघाउनका लागि केही दिन अगाडि नै घर गएका थिए मृतक दियुष । यसैले उनी भाइटीकाभन्दा दुई दिनअघि घर फर्किएर बाबु र आमालाई काममा सहयोग गर्न थालेका थिए ।

भाइ दियुससँगै दीपिका पनि माइत आएकी थिइन्। तर दीपिका तिहारलगत्तै घर फर्किइन्। दियुस भने छठ सकिएपछि मात्र विद्यालय लाग्ने भन्दै बुबाआमालाई काममा साथ दिन थाले । बुबा धनबहादुर र आमा सुभद्राले नलबारीमा १८ कठ्ठामा खेती गरेका छन्। त्यसबाहेक उनीहरूले चिया(खाजा पसल चलाएका थिए । अहिले धान भित्र्याउन धमाधम रहेका कारण खेतकै काममा व्यस्त हुन्थे, धनबहादुर र सुभद्रा। यसैले दियुसको काम होटलमा आउने ग्राहकलाई चिया(खाजा दिनु थियो । छठको दिन अर्थात आइतबार साँझ दियुसले उर्लाबारी–७ मौवा खोलाको किनारमा लागेको मेला हेर्न जाने तयारीमा थिए । आमा र बुबालाई भने इटहरीमा रहेको ठूलीआमाको घर जाने भनेर उनले सुनाएका थिए ।

साँझतिर आफ्ना चार साथीहरूसँग घरबाट निस्किएका दियुस पुनः घर फर्किएनन्। मेलामा झगडा हुँदा दियुसको कोखामा घोपिएको चक्कुले उनको ज्यान गयो । ‘गत वर्षको छठ पूजाको दिन मेलामा नै उनीहरूबीच वादविवाद भएको रहेछ,’ दियुसका ठूलोबुबा रामबहादुर श्रेष्ठ भने – ‘यो वर्ष छठकै दिन मेरो भतिजाको हत्या भयो ।’ दियुसका साथीहरूले इलाका प्रहरी कार्यालय उर्लाबारीमा दिएको जाहेरीअनुसार गत वर्षको छठमा सामान्य विवाद भएको थियो त्यो रेकर्ड रहेको प्रहरी जनाएको छ । ‘त्यो विवादलाई लिएर दियुस र उनका साथीहरूमाथि हमला भएको बयान आएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘मेला हेरेर घर फर्किने तयारी गरिरहेका बेला कम्तीमा २० जनाको टोलीले दियुस र उनका साथीहरूलाई बेग्लाबेग्लै बनाएर कुटपिट भएको बयान छ ।’ झगडाले उग्र रूप लिइरहेका बेला राति १०ः२५ बजे दियुसको कोखामा चक्कु प्रहार भएको थियो । चक्कु प्रहार गरेर सो समूह फरार बनेको थियो। मेला अवलोकनकर्ता र प्रहरीको सक्रियतामा उनलाई स्थानीय गोदावरी अस्पताल उर्लाबारीमा उपचारका लागि र्पुयाइएको थियो ।

लगत्तै प्रहरीले दियुसका बुबा र आमालाई फोन गरेर अस्पतालमा बोलाएको थियो। गोदावरीमा उपचार सम्भव नभएपछि दियुसकी आमाले उनलाई विर्तामोडस्थित बिन्डसी अस्पताल र्पुयाएकी थिइन् । एम्बुलेन्समा रहँदासम्म आमासँग कुरा गरिरहेका दियुसको स्वास्थ्यवस्था जटिल बन्दै गएको थियो। अत्यधिक रक्तश्रावका कारण उनको उपचारको क्रममा सोमबार बिहान ४ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु