Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङको निर्बाचन क्षेत्र न. २ मा सत्ताको चरम दुरुपयोग, आचारसंहिताको धज्जी

2022 Nov 13 10:36 AM 46

विज्ञापन

Birat Cancer Hospital
मोरङको निर्बाचन क्षेत्र न. २ मा सत्ताको चरम दुरुपयोग, आचारसंहिताको धज्जी

विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनमा उम्मेदवारले लगातार आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ । सो क्षेत्रमा सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरुले लगातार आचारसंहिता उल्लंघन गरिरहेका हुन् ।

उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सुजाता कोइराला र क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका गणेश उप्रेती र २ (ख) मा नेपाली कांग्रेसकै विनोद कार्की प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

उम्मेदवारहरुले सत्ताको दुरुपयोग गर्दै लगातार निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ अनुसार कसैको घर जग्गामा स्वीकृती नलिई राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न पाइँदैन । तर, मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस, माओवादीलगायत सत्ता गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरुले सर्वसाधरणको घरमा आफुखुशी र जबर्जस्ती झण्डा लगाउने गरेको स्थानीयले गुनासो गरेका छन् ।

त्यस्तै बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन तर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको नेपाली कांग्रेस र माओवादी केन्द्रले बालबालिकाको समेत प्रयोग गरिरहेको फेला परेको छ ।

त्यसैगरी स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भोला गर्न नहुने निर्वाचन आचारसंहिताले भनेको छ । तर, सत्ताको चरम दुरुपयोग गर्दै सत्ता गठबन्धनका दलहरुले मनपरी ढंगले त्यस्ता कार्यक्रमहरु गरिरहेको देखिएको छ ।whatsapp-image-2022-11-11-at-01-04-10-1

जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसा गर्ने व्यक्तिले निवार्चन चिन्ह भएको झण्डा प्रयोग गर्न आचारसंहिताले बन्देज लगाएको छ । त्यस्तै उम्मेदवार वा दलको कार्यालयमा ठुलो झण्डा प्रयोग गर्न पाईँदैन । त्यतिमात्र नभएर प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाईन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गर्न पाईँदैन ।

त्यस्तै उम्मेदवार वा दलको कार्यालयबाहेक दलको झण्डा, चुनाव चिन्ह डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाईन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गर्न पाईँदैन ।

त्यस्तै आचारसंहिताले उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा बढी लिएर जान नहुने र त्यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने भनेको छ । त्यसैगरी कसैको निजी घरजग्गामा वा भवन, उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चिर्वाचन चिन्ह राख्न वा टाँस्न आचारसंहिताले बन्देज लगाएको छ ।

त्यस्तै दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने आचारसंहिताले भनेको छ । अनुमति नलिएको सवारीसाधन प्रयोग गरी प्रचारप्रसार गरेमा वा त्यस्तो सवारी साधनमा निर्वाचन प्रचारप्रसार सामग्री प्रयोग गरेमा सम्बन्धित स्थानको ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारी साधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुगमन समितिलाई गराउनुपर्ने छ ।

आचारसंहिचा उल्लंघन भएमा एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्ध समेत हुने व्यवस्था छ । तर, क्षेत्र नम्बर २ मा सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र सो दलका उम्मेदवारहरुले सत्ताको चरम दुरुपयोग गर्दै अचारसंहिताको ठाडो उल्लंघन गरिरहेको पाइएको हो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धनले लगातार आचारसंहिता उल्लंघन गरेपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला