Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले गठबन्धनको लहर, चतरा –वराहक्षेत्रमा मतदाताको उत्साह

2022 Nov 13 11:07 AM 31

विज्ञापन

Birat Cancer Hospital
एमाले गठबन्धनको लहर, चतरा –वराहक्षेत्रमा मतदाताको उत्साह

चतरा । १३ आरडी बराहक्षेत्र नगरपालिका भित्र पर्छ तर सो क्षेत्रमा वसोवास गर्नेहरुको जीवन शैली भने भिन्नै प्रकारको देखिन्छ । उनीहरु नगरवासी त भए तर अनुभुति गर्न भने पाएका छैनन् । १३ आरडीका वासिन्दाहरुको आउने मंशीर ४ गतेका उम्मेदवारहरुलाई एउटै माग रहेको छ,त्यो हो नगरवासी वनाउन पहिलो माग । त्यही कुरालाई जुन सुकै पार्टीका उम्मेदवार पुगे पनि त्यही कुरा अघि वढाउँछन् ।img_20221112_145549 उम्मेदवारको सुनसरी क्षेत्र नम्बर १ अन्र्तगत बराहक्षेत्र स्थित चतराको गाउँ वस्तीमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवारको शनिबार विहानै घरदैलो अभियानमा पुगे,त्यहाँका समस्याहरुलाई पुरा गर्ने प्रतिवद्धता पनि जनाए । गाउँ वस्तीको जनताहरुको घरायासी काम र खेतीको धान काट्ने र थन्काउने उतिकै चटारो पनि छ तर एमाले र जसपाको उम्मेदवार घर दैलो अभियानमा त्यहाँका मतदाताले काम र व्यस्ततालाई थाँती राखेर उम्मेदवारलाई स्वागत र सम्मान व्यक्त गरे । ग्रामीण भेगको समस्याहरुलाई उम्मेदवारलाई सुनाए र मंशीर ४ गतेको चुनावमा भोट हालेर जिताउने विस्वास पनि जनाए । बराहक्षेत्र नरपालिका वडा नम्बर १ की शर्मिला वस्नेतले घरमै पुगेका उम्मेदवारलाई स्वागत सम्मान गरिन र मंशीर ४ गतेको चुनावमा आफ्नो मत दिने विस्वास दिलाइन् । संघीय उम्मेदवार अशोक राई र प्रदेश सभा ‘ख’ तर्फका उम्मेदवार विजय राईलाई वस्नेतले सडक सुविधा नहँुदाको पीडालाई सुनाउँदै जितेर गएपछि गाउँको कच्ची सडक पक्की वनाउन आग्रह गरेकी छन् । उनले भनिन्,‘वर्षौदेखि हामीले भोगको समस्या सडक सुविधा नहुँदाको हो,जस्ले गर्दा घरमा वस्दा पनि धुलाम्मै भएर वस्नु पर्ने अवस्था रहेको छ ,त्यसैले प्रतिवद्धता मात्रै गरेर होइन पुरा गरेर देखाउनुस्।’ ७५ वर्षीय जेष्ठ नागरिक नर बहादुर कार्की लौरो टेकेर उम्मेदवारलाई १३ आरडी स्थित पुतली चौकमा भेटिए । कार्कीले अहिले सम्म एमालेका उम्मेदवारलाई नै भोट हाल्दै आएको र फेरी पनि भोट एमालेकै उम्मेदवारदेखि वाहेक अरु कोही कसैलाई मन नलाग्ने वताए । उनले भने,‘हामी जेष्ठ नागरिकको साहारा भनेको एमाले नै हो,भता पाएका छौं, म मात्रै होइन मेरो दौतिरे उमेरका सवैलाई चुनावमा भोट हालेर उम्मेदवारलाई जिताउन आग्रह गर्दछु ।’ वासिन्दाको जनजीवनको अवस्थालाई घरदैलो अभियानमा पुगेका उम्मेदवार अशोक राई र विजय राईले आम जनताको माग पुरका गराउन प्रतिवद्ध हुने वताए । संघीय सदस्यका उम्मेदवार अशोक कुमार राईले नगरवासीको गुनासो र समस्यालाई आफुले कहिल्यै नविर्सने भन्दै पुरा गर्ने प्रतिवद्धता जनाए । उनले भने,चुनावको घरदैलो अभियान भनेको केवल भोट माग्नु मात्रै होइन,आम नागरिकको समस्या पनि वुझ्नु हो,त्यसैले आफु जितेर गएपछि अवस्य पुरा गर्ने भन्दै आफुलाई छाता चिन्हमा मतदान गर्न र एमालेका उम्मेदवार विजय राईलाई सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । प्रदेश सभा ख तर्फका उम्मेदवार विजय राईले पनि ग्रामीण भेगको समस्या पुरा गर्न नै आफ्नो उम्मेदवारी दिएर जनताको काम गर्न युद्ध मैदानमा आएको वताएका छन् । उनले भने,म जितेर गएपछि पुन फर्केर आउने छु,यहाँहरुसँगै छलफल गर्ने छु,समस्या समाधानको लागि योजना ल्याउँछु ,अहिले म मत माग्छु र गरेर देखाउँछु । एमाले जसपाको उम्मेदवारले चतरा र वराहक्षेत्र मन्दिर सम्म पुगेर आम मतदातासँग भोटको लागि अपील गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न