Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काठमाडौको सिको बिराटनगर महानगरपालिकाको फुटपाथ नियन्त्रण प्रयास अटेर गर्ने व्यापारीका सामान जफथ गर्न नसक्ने ब्यापारीको भनाई

2022 Nov 29 1:39 PM 30

विज्ञापन

Birat Cancer Hospital
काठमाडौको सिको बिराटनगर महानगरपालिकाको फुटपाथ नियन्त्रण प्रयास अटेर गर्ने व्यापारीका सामान जफथ गर्न नसक्ने ब्यापारीको भनाई

बिनोद बिष्ट, विराटनगर । काठमाडौ महानगरपालिकाको सिको सिकेर फुटपाथ पसल हटाउनु र नियन्त्रण गर्ने प्रयास गर्नु महानगरपालिकाको लागि घातक भएको ब्यापारीहरु बताएका छन् । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको प्रयास ठिक भए पनि सधै भोट ब्यांक रहेको सो क्षेत्रका गरिखानेलाई हटाउन नसक्ने ब्यापारीहरुले बताए । हिजो भोट माग्न आउदा उचित ब्यबस्थापन गरेर मात्र हटाउने भन्ने अनि आज तर्साउन खोज्ने मेयर लगायतको टिम नै बिफल हुने तर्क राख्छन् बिराटनगरका रैथाने पसलबालाहरु । महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुरु गरेको छ तर त्यो दिर्घकालिन होइन् । जहाबाट शुरु गरेपनि निरन्तरता दिन नसक्ने र उल्टै झमेलामा महानगरपालिका झमेलामा फस्ने देखिन्छ । महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको हो । सुचना दिदै महानगरपालिकाले बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका जानकारीमुलक सन्देश सार्वजनिक गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । पसलको सटरभन्दा बाहिर नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो । पसलबाहिर राखेका किरानाका सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाएको छ । अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ । “विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौं,” मेयर नागेश कोइरालाले भने, “हामीले दुई–दुईपटक सार्वजनिक रुपमै सूचना प्रकाशित गरेका थियौं । विराटनगरलाई सुन्दर बनाउनु व्यापारीहरुको पनि कर्तव्य हो । उहाँहरुलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।” यात्रुलाई हिंड्न सहज होस् र बजारको सौन्दर्यतामा वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।  नगर प्रहरी निरीक्षक पौडेलकाअनुसार पहिलोपटकका लागि महानगर प्रहरी आफैंले सामान भित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गरिनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न