Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराट एक्स्पोमा कृषिको आधुनिक उपकरणदेखि उत्पादित वस्तुको छुट्टै पेभिलियन

2022 Dec 12 2:22 PM 30

विज्ञापन

Birat Cancer Hospital
विराट एक्स्पोमा कृषिको आधुनिक उपकरणदेखि उत्पादित वस्तुको छुट्टै पेभिलियन

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा कृषिका आधुनिक उपकरण देखि प्रदेश १ का उत्पादित कृषिजन्य वस्तुहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन रहने छ । एक्स्पोको अवलोकनमा आउने कृषकहरू तथा उपभोक्तालाई लक्षित गरी कृषि सम्बन्धी आधुनिक प्रविधि र उपकरणहरू पनि प्रदर्शनीमा राखिने आयोजक समितिले जनाएको छ । आयोजक समितिका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले एक्स्पोमा आउने कृषकहरूलाई कृषिका आधुनिक प्रविधिको बारेमा जानकारी दिइने बताए । उनले विश्वमा आधुनिक प्रविधिहरू भित्रिएको तर, नेपाली कृषकहरूले यस्ता प्रविधि र उपकरणबारे जानकारी नपाइरहेका कारण एक्पोमा कृषकहरूलाई नै लक्षित गरी छुट्टै पेभिलियनको व्यवस्था गरिएको बताए । एक्स्पोमा प्रदेश सरकार कृषि मन्त्रालयले पनि २० वटा स्टल राख्ने जनाएको छ । मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले कृषिका आधुनिक उपकरण, नयाँ प्रविधिका विषयमा किसानलाई जानकारी गराउने गरी स्टलहरूको व्यवस्थापन गरिएको बताइन् । उनले एक्स्पोमा आउने किसानहरूले कृषि क्षेत्रमा उदाहरणीय काम गरेका किसान तथा उद्यामीहरूसँग छलफल गरी थप ज्ञान र सिप हासिल गर्न सक्ने स्पष्ट पारिन् । एक्स्पोमा कृषि, औजार, कृषि प्रविधि, कृषि जन्य उत्पादनका भिन्ना भिन्नै किसिमका स्टलहरू राखिएको पोखरेलले बताइन् । एक्स्पोमा भारतका कृषिजन्य मिल, मेसिनरी, उत्पादन गर्ने कम्पनीहरूको सहभागिता रहने छ । यस्तै नेपाल कृषि मेसिनरी व्यवसायी संघको कृषि प्रविधि प्रदर्शनसहितको सहभागिता रहने छ । एक्स्पोमा तेह्रथुमको ढाका, संखुवासभाको अल्लो, ताप्लेजुङको राडी, इलामको ललिपक, चियालगायतका कृषिजन्य वस्तुहरूका स्टल राखिने छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न